ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

डा केसीसंग वार्ता गर्न शिक्षा सचिव मैनालीको संयोजकत्वमा वार्ता टोली गठन, भोलीबाटै बार्ता गर्ने

सरकारले चिकित्सा शिक्षा सुधारको माग राख्दै २४ दिन देखि अनशनरत डा गोविन्द केसीसँग वार्ता गर्न शिक्षामन्त्रालयका सचिव गोपिनाथ मैनालीको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ ।

मन्त्रालयका सचिव मैनाली संयोजक रहेको टोलीमा स्वास्थय मन्त्रालयका सहसचिव गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा दिलिप शर्मा सहितको वार्ता टोली गठन गरेको शिक्षा मन्त्रीका सल्लाहकार पुरन केसीले जानकारी दिए ।

२४ दिन देखी अनसनमा रहेका डा केसीसंग भोली नै वार्ता सुर हुने उनको भनाई छ । यस अघि नेपाल चिकित्सकसंघले केसीसंग बार्ता गर्न ७२ घण्टे अल्टिमेटम दिएको थियो भने प्रतिपक्षी र सत्तारुढ दलभित्रैबाट पानि केसीको जिवन रक्षाको आवाज उठ्न थालेका थिए ।

सचिव मौनालीले केसीलाई भेटर वार्ताबाट समस्या समाधानका लागि यसअघि पनि प्रस्ताव गरेपछि केसी पक्षले वार्ता टोली वनाएर आए वार्तामा बस्न तयार रहेको प्रतिकृया दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *