ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

राष्ट्रिय खुला भर्चुअल तेक्वान्दोको तयारी पूरा

प्रथम कागेश्वरी मनोहरा भर्चुअल तेक्वान्दो राष्ट्रिय खुला पुम्से प्रतियोगिताको तयारी पूरा भएको छ । अक्टोबर १२ र १३ मा अनलाइन प्रविधिबाट हुने प्रतियोगितामा नेपाल प्रहरी र नेपाली सेना गरी ४४ टिमका २ सय ८ खेलाडीले कौशल प्रर्दशन गर्ने आयोजकले जनाएकव छ ।

पुरुषमा ६ र महिलामा ५ गरी ११ स्पर्धामा प्रतिस्पर्धा हुने छ ।प्रतियोगितामा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता पार्वती गुरुङ, सन्जिला तिम्सिना, सुशिला राई, स्वस्तिका तामाङलगायत अन्य पदक विजेताको पनि सहभागिता रहने

कागेश्वरी मनोहरा नगरपालिकाको मुख्य प्रायोजन र युनिटी तेक्वान्दो डोजाङ, हङकङका अध्यक्ष दिल गुरुङको सह–प्रायोजनमा हुन लागेको प्रतियोगिताको हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई नगद पुरस्कार दिइने छ । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३ हजार, २ हजार र १ हजार नगद पुरस्कार पाउने छन् ।

सहभागी मध्ये एक खेलाडीलाई ‘मोस्ट पपुलर प्लेयर’ अवार्ड प्रदान गरिने छ । अवार्डको राशी ५ हजार नगद पुरस्कार रहेको छ । यो विधाको चयन गर्न प्रत्येक सहभागी खेलाडीको भिडियो यु ट्युबमा राखिने छ । त्यस मध्ये सर्वाधिक हेरिएको खेलाडीको भिडियोलाई ‘मोस्ट पपुलर प्लेयर’ को अवार्ड प्रदान गरिने छ । यसको नतिजा अक्टोबर २० तारिखमा सर्वाजनिक गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *