ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

तीन जलविद्यूत कम्पनीको शेयरमा सर्किट ब्रेक ।

जलविद्युत कम्पनीका शेयरमा लगानीकर्ताको आकर्षण वढिरहेको छ । वुधवार भएको शेयर कारोवारमा तिन जलविद्यूत कम्पनीको शेयर कारोवारमा १० प्रतिशतले वढेको छ । त्यस्तै दर्जनको हाराहारीमा जलविद्युत कम्पनीको शेयरको मुल्य वढेका छन् ।  विगतमा जलविद्यूत कम्पनीको आइपियो समेत विक्री नहुने अवस्था रहेकोमा हाल भने लगानीकर्ताहरु जलविद्यूत कम्पनीको शेयर खरिद गर्न उत्साहित हुन थालेका छन् । कोभिडका कारण अर्थतन्त्रका अन्य क्षेत्रहरु प्रभावित हुँदा बैकमा तरलता थुप्रिएको छ । जसले गर्दा निक्षेप र कर्जा दुबैको व्याजदरमा गिराव आएको छ । जसले जलविद्यूत आयोजनालाई सबैभन्दा धेरै फाईदा भएको छ । जलविद्यूत आयोजना निर्माताहरुले ठुलो मात्रामा बैंकवाट कर्जा लिएका हुन्छ । कर्जाको व्याजदर वढी हुँदा जलविद्युत कम्पनीहरुको सम्पुर्ण आम्दानी व्याज तिर्नमा नै जाने गर्थ्यो । विगतमा १३ प्रतिशत सम्म रहेको कर्जाको व्याजदर हाल ७ देखी ८ प्रतिशत  व्याजदरमा  उपलव्ध भएपछी उनीहरुको खर्चमा कमी आउने तथा  जलविद्युत कम्पनीको मुनाफा वढ्ने भएकाले लांभाश पाउने आसमा लगानीकर्ताहरु जलविद्यूत कम्पनीको शेयर किन्न आतुर देखिन्छ । अर्कोतर्फ जलविद्यूत कम्पनीहरुलाई कोभिडले पनि खासै असर गरेको छैन । त्यस्तै जलविद्युत कम्पनीहरुलाई विद्यूत नियम आयोगले समेत नियमन गरिरहेकाले यस क्षेत्रप्रति लगानीकर्ताको भरोसा वढ्दै गएको छ । वुधवार भएको शेयर कारोवारमा जलविद्यूत समूहको सुचाङ्क करिव ७६ अंकले वढेको छ भने नेशनल हाइड्रो पावर कम्पनी , सानजेन जलविद्यूत कम्पनी र  वरुण हाइड्रो पावर कम्पनीको शेयर १० प्रतिशतले वढ्दै सर्किटव्रेक लागेको छ ।

वुधवार भएको शेयर करोवार नेप्से करिव १५ अंकले वढ्दै १६ सय अंकको विन्दुमा पुगेको छ । १ सय ९५ कम्पनीका १ करोड २६ लाख ९९ हजार ५ सय ३५ कित्ता शेयर किनवेच भएको नेप्सेमा ३ अर्व ३५ करोड ८५ लाख ६ हजार २ सय ९६ रुपैयाँको कारोवार भएको छ ।

त्यस्तै क वर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सेटिभ परिसुचक समेत ३ दशमलव १ सात अंकले वढ्दै ३ सय १६ दशमलव ३ नौ अंकको विन्दुमा पुगेको छ ।

समुहगत परिसुचकमा तर्फ विकास बैंक समुहको कारोवार आज सबैभन्दा धेरै करिव ७७ अंकले दोस्रोमा नीर्जीवन विमा समुहको कारोवार ७६ अंकले वढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *