फेरी लकडाउन !

नेपालमा कोरोना संक्रमण भयावह बन्दै गएको छ । सार्वजनीक यातायात देखि बजार पसलसम्म खुल्ला हुदाँ कोरोना संरकण दर पनि ह्वात्तै बढेको छ । कुनै समय सुरक्षित मानिएको काठमाडौं उपत्यका यतिवेला इपिसेन्टर बन्दै छ भने तेतिवेलाका इपिसेन्टरमा क्रमश कोरोना नियन्त्रण उन्मुख हुदै गएको छ । पछिल्ला केही दिन यता विशिष्ट तथा अतिविशिष्ठ व्यक्तिमा कोरोना संरकण पुष्टि भएको छ ।
कोरोना संरकण दिन प्रतिदिन बढिरहदा पनि कोरोना सतर्कता भने अपनाएको पाइदैन । स्वास्थ्य मन्त्रालयलको तथ्याङकलाई हेर्ने हो भने आजमात्र ३ हजार ४ सय ३९ कोरोना संक्रमित थपिएका छन् । जुन अहिलेसम्मकै धेरै हो । यो संगै नेपालमा सकृय संक्रमितको सङ्ख्या २५ हजार नाधेको छ । १४ हजार २ सय ९ परिक्षण गर्दा यति धेरेमा कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य मन्त्रालयले भएका अस्पतालले नथेग्ने जनाएको छ । यसअधि नै स्वास्थ्य मन्त्रालयले संकृय संक्रमित २५ हजार माथि भए लकडाउन गर्न सरकारलाई सिफारीस गरेको छ ।
स्थगित रहेका परिक्षा सञ्चालन गर्ने निर्देशन दिएर दैनिकी केही सहज बनाउन खोजेकै भोलिपल्ट यति धेरै संक्रमित थपिएपछि पुन लकडाउन हुन आसङ्का समेत सुरु भएको छ ।
नेपालमा संकृय संक्रमित एक जना हुदाँ लकडाउन गरेको सरकारले ९४ हजार पुग्दा के गरेको छ भनेर प्रश्न उठिरहेका वेला लकडाउनको विकल्प खोज्न समेत सुझाव दिएका छन् । आजको तथ्याङ्क हेर्ने हो भने नेपालमा ९४ हजार २ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने कोरोनाकै कारण ५ सय ७८ जनाले ज्यान गुमाउदाँ पछिल्लो २४ घण्टामामात्र १५ जनाको करोनाको कारण मृत्यु भयो । कोरोनाको इपिसेन्टर बनेको उपत्यकामा मात्र २४ घण्टामा १६ सय ८४ नयाँ संक्रमित थपिएका छन् ।