ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

संविधानको मौलिक हक विरुद्ध स्वास्थ्य मन्त्रालयका प्रवक्ताको अभिव्यक्ति

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकलाई बेहोस भएमा वा बेहोस हुन लागेमा तथा श्वास फेर्न गाह्रो भएमा मात्र अस्पताल आउन अनुरोध गरेको छ । मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कुनै पनि बिरामीलाई सास फेर्न गाह्रो भएमा, बेहोस भएमा वा होला जस्तो भएमा पिसाब नभएमा वा कम भएमा मात्र अस्पताल जान भनेका हुन्। डा गौतमले कोरोना भाइरसको संक्रमितको संख्या बढेर अस्पतालका शय्या भरिएका कारण देखाउँदै सामन्य रुघाखोकी लाग्दैमा, ज्वरो आउँदैमा अस्पताल जाने क्रम बढेको भन्दै उनले कुनै पनि बिरामी बेहोस वा हुन लागेको अवस्थामा मात्र अस्पतालमा जान भनेर जोड दिएका हुन्।

तर उनको यो भनाई संविधान र जनस्वास्थ्य सेवा ऐन विपरित रहेको छ। तर जनस्वास्थ्यविदहरु  ज्वरो विभिन्न रोगका लक्षण हुन। त्यसकारण मन्त्रालयले बेहोस हुन लागेमा मात्र जचाउन आउनु भनेर भन्नु सरासर गलत छ।सरकारले कोरोना अस्पतालमा बिरामी भरिए भनेर अन्य रोगका बिरामीलाई गम्भिर अवस्थामा वा अन्तिम अवस्थामा आउँ भनेर भन्नु हुँदैन। यो गैरकानुनी हो । जनस्वास्थ्यविदहरु सरकारले अन्य व्यवस्था गरेर भए पनि बिरामीलाई उपचार गराउनुपर्नेमा जोड दिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *