स्थगित सम्पुर्ण परिक्षाहरु सञ्चालन गर्ने मन्त्रिपरिषदको निर्णय

कोभिड १९ को सतर्कतास्वरुप सरकारले चैत्र ११ वाट मुलुकमा वन्दावन्दी लागु गर्न घोषणा गरेसँगै एसइइ , कक्षा ११ र १२ का परिक्षा र त्रिभुवन विश्वविद्यालयका सम्पुर्ण संकायका परिक्षाहरु स्थगित भएको थियो । यसअघी राष्ट्रिय परिक्षा बोर्डले आन्तरिक मुल्याङकनको आधारमा एसइइको परिक्षा सञ्चालन गरी नतिजा समेत प्रकाशित गरिसकेको छ । असोज १९ गते वसेको मन्त्रिपरिषदको बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सबै प्रकारका परिक्षा सञ्चालन गर्न प्रस्ताव प्रस्तुत गरेको थियो । मन्त्रालयको प्रस्तावलाई मन्त्रिपरिषदको बैंठकले स्वकृति दिएसंगै रोकिएका सम्पुर्ण परिक्षाहरु सञ्चालन हुने भएका छन् ।
वुधवार मन्त्रिरिषदका निर्णयहरु सार्वजनिक गर्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सो जानकारी दिएका हुन् । ‘कोभिड १९ का सुरक्षाको सम्पुर्ण स्वास्थ्य सुरक्षा मापदण्डहरुको पुर्ण पालना गर्ने गरी परिक्षा सम्वद्ध सम्पुर्ण आयोग, विश्वविद्यालय , प्रतिष्ठान , बोर्ड, परिषद , विद्यालय र शिक्षण संस्थाहरुलाई सबै तह विषय र प्रकृतिका परिक्षाहरु सञ्चालन गर्न दिन सैद्धान्तिक स्वकृति दिने निर्णय भएको’ मन्त्री ज्ञवालीले जानकारी दिएका छन् ।
यसका साथै संघ प्रदेश र स्थानिय तहले तोकेका जनस्वास्थ्य तथा सुरक्षा मापदण्डको पालना गर्दै २५ जना सहभागी हुन गरी छोटो व्यवसायिक तालिम सञ्चालन गर्ने अनुमति दिने निर्णय पनि गरेको छ ।
शिक्षक सेवा आयोगका अध्यक्ष सहित १ जना महिला सहित अन्य दुई जना सदश्य नियुक्तीका लागी लोकसेवा आयोगको अध्यक्षको अध्यक्षतामा शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय सचिव र त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको सदश्य रहेको एक सिफारिस समित गठन गर्ने समेत मन्त्रिपरिदको बैठ्कले निर्णय गरेको छ ।