ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अनसनरत डा. केसीको स्वास्थ्य अवस्था थप गम्भिर वन्दै ,केसीद्धारा वार्ता टोली गठनको माग ।

वार्ता टोलीको गठनको माग गर्दै डा केसी द्धारा शिक्षा सचिव मैनाली सहितको टोली फिर्ता पठाएका छन् । केसीको अवस्था गम्भिर बन्दै गइरहेको अवस्थमा सरकारलाई वार्ता टोली गठन गर्नपर्ने दवाव वढेको छ । सरकारले २३ दिनदेखि अनसनरत डा गोविन्द केसीलाई अनसन तोड्न आग्रह गरेको छ । सरकारको तर्फबाट शिक्षा सचिव गोपिनाथ मैनाली नेतृत्वको टोलीले मंगलबार डा केसीसँग भेटगरी अनसन तोड्न आग्रह गरेको  थियो । डा केसीले उठाउँदै आएको अधिकांश माग पूरा भएको र कतिपय माग पूरा गर्ने क्रममा रहेकाले अनसन तोड्न सररकारले आग्रह गरिरहेको छ । सचिव मैनालीले पनि उक्त कुरामा जोड दिएको उनले द प्रेस नेपाललाई जानकारी दिएका छन् । यस्तै कोरोनाभाइरसका कारण सिर्जित अवस्थालाई समेत ध्यान दिँदै अनसन तोड्न डा केसीसँग अनौपचारिक वार्ताका क्रममा आग्रह गरिएको उनको भनाइ छ । सचिव मैनालीले  अनौपचारिक भेटकाक्रममा ‘ आफु मन्त्रालयको तर्फवाट प्रतिनिधिकोरुपमा आएको र सरकार उहाँको माग वारे गम्भिर रहेको र कतिपय माग पूरा भइसकेकेकाले असनसन तोड्न आग्रह गर्ने काम भएको ‘ वताएका छन् ।

भेटका क्रममा डा केसीले आफूलाई भेट्न आएकोमा धन्यवाद दिँदै अनसन तोड्न भने अस्वीकार गरेको बताइएको छ । सरकारले वार्ता टोली गठन गर्नुपर्ने र आफ्नो तर्फबाट वार्ता टोली तयार रहेकाले वार्ताबाटै निकास खोज्ने भन्दै सचिव मैनालीको टोलीलाई फिर्ता पठाइदिएको जानकारी प्राप्त भएको छ ।

डा केसीलाई भेट्न मैनालीसहित मन्त्रालयका सहसचिव दीपक खड्का र उपसचिव लक्ष्मी खड्का समेत त्रिवि शिक्षण अस्पताल पुगेका थिए ।यसैबीच डा केसीसँगको भेटपछि मैनालीको टोलीले शिक्षा मन्त्री गिरिराजमणि पोखरेल र मुख्य सचिव समेतलाई केसीसँग भएको छलफलबारे ब्रिफिङ गरेको छ । उनीहरुको ब्रिफिङ पछि मन्त्रालय केसीसँग वार्ता गर्न औपचारिक रुपमा वार्ता टोली गठन गर्ने मनस्थितिमा पुगेको भनिएपनि अहिलेसम्म टोली भने गठन भइसकेको छैन । केसीको २४ दिन लामो अनसनका कारण स्वास्थ्य अवस्था अत्यन्तै कमजोर रहेकाले छिटो वार्ता टोली गठन गर्नुपर्ने बाध्यता सरकारसँग छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *