कर्णालीको कस्तुरी ‘पचाल झरना’
कतै तालै ताल, कतै पोखरी,कतै झरना, कतै नदि, कतै सम्म मैदान, कतै पहाड अनी कतै कन्चन हिमाल १ पर्यटकका लागि एउटा कम्प्रिट प्याकेज । त्यसमाथी बहु जाति,बुह भाषा संस्कृति र कलामात्र हैन एउटा सिंगो ब्रमहान्डको समग्रता हो नेपाल । राजनीतिक विभाजनमा नेपाल ७ प्रदेश, ७७ जिल्ला र ७ सय ५३ स्थानिय तहमा विभाजन भएपनि ति क्षेत्रका हरेक वडा र त्यस भित्रका गाउँ र समुदाय नेपाल बुझ्न चाहने जो कोहिका लागि प्रयाप्त हुन्छ । वा सिंगो नेपाल अध्ययन गरेर पनि नेपाल चिन्न मुस्किल पर्छ ।
प्राकृतिक निधिका रुपमा रहेका हिमाल, नदि, ताल, झरना नेपाललाई विश्वमा चिनाउने अनुपम उपहार हुन तर प्रचारको अभावमा भने हाम्रा सम्पदाहरु बादरको हातको नरिवल इत्तर भएका छन् । तिनै ओझेलमा परेको अनुपम रत्न हो कालिकोटमा रहेको पचाल झरना ।
प्राकृतिक सम्पदाको खानी कर्णालीको कालिकोटमा रहेको पचाल झरनालाई नेपालकै अग्लो झरनाको रुपमा लिइन्छ । केही समय पहिला सम्म तेह्रथुमको हयात्रुङ झरना९३ सय ६५ मिटर०लाई नेपालकै अग्लो झरनाको रुपमा मनिएपनि ३ सय ८१ मिटर अग्लो पचाल झर्ना पत्ता लागेसँगै नेपालको अग्लो झरना रुपमा दर्ज भएको हो । घना जंगल र विशाल पहाडको खोप बाट निस्कने पताल झर्ना मनोरम मात्र नभइ अलौकिक पनि छ । ३ सय ८१ मिटर अग्लो पहाडबाट कतै नठोक्कि बाह्रैमास झरिरहने कञ्चनपानी र कर्णाली प्रदेशकै धार्मिक स्थल पुगमालिकाबाट बगेको पवित्र गंगाजल पचाल झरना पृथ्वीमा गंगाको अवतरण भन्दा उतियुक्ति नहोला । यो झरना विश्वकै ३० अग्ला झरनामा परेको छ ।
कर्णाली नदिको मनोरम दृष्य, भौगोलिक विकटताका वावाजुत देउडा नाच, मारुनी, बैसरी नाच, हुड्केली नाच फुर्का नाच सहित कालिकोट बासिको स्नेहले साच्चै स्वर्ग जस्तो लाग्छ । स्थानिय रैथाने चाड देखि मन्दिर र देवस्थल त्यसमाथी धर्मिक आस्थामा कट्टर कर्णालीबासीका बाहेक ढुंगामा देवताको बास छ । इतिहासमा कान्छो जिल्लाको रुपमा दर्ज भएपनि धर्म संस्कृति रितिरिवाजले भने सबै भन्दा जेठो कालिकोटमा पचाल झरना दुखको सारथि बनेको छ भने प्यासीको प्यास मेट्ने साधन ।
प्रकृतिले सिगारिएको पचाल झर्ना पुग्न भने तेति सहज छैन । भौगीलिक विकटताको पर्याय बनेको कर्णालीलाई छिचोल्दै पचाल पुग्न कम चूनौति भने हैन । करीव ३१ बर्ष लगाएर निर्माण गरिएको सदरमुकाम मान्मा देखि ४( ५ घण्टा लगाएर पुग्न सकिने कोटबाडाको सुनथराली बिमान स्थलमा नियमित उडान नहुदाँ कर्णाली राजमार्गबाटै सडक यात्रा गर्नु पर्ने वाध्यता छ । राजधानिक काठमौडौं छोडेर पूर्व पश्चिम राजमार्ग हुदै कर्णाली नदिको तिरै तिर निर्माण गरिएको कर्णाली राजमार्ग छिचोल्नु पर्ने बाध्यता छ । त्यो पनि धेरै लामो समय भएको छैन । केही बर्ष अधिसम्म पनि मानिसको यात्राको निर्विकल्प साधन घोडा वा खच्चड अथवा फैदल मात्र थियो ।