अमेरिकामा को बन्छ नयाँ राष्ट्रपति ?
ज्योतिष शुरेसचन्द्र रिजाल
संयुक्त राज्य अमेरिकामा अहिले राष्टपतिको चुनावलाई लिएर राजनीतिक माहोल तातेको छ । नजिकिँदै गरेको राष्ट्रपतिको चुनावलाई लिएर संसारभरका मानिसहरुको ध्यान उक्त चुनावमा केन्द्रित भएको छ ।
फेरि पनि डोनाल्ड ट्रम्प नै सत्तामा रहिरहन्छन् या जनताले अहिलेको नीतिलाई अस्वीकार गर्दै नयाँ राष्ट्रपतिलाई चयन गर्ने भन्ने विषयले यतिबेला चर्चा बटुलिरहेको छ । के भाग्यले साथ देला त जो बाइडेनलाई ? कस्तो चलिरहेको छ ट्रम्प र बाइडेनको ग्रहदशा ? भाग्यले कस्लाई साथ देला त ?
आउँदो नोभेम्बर ३ मा अमेरिकामा राष्ट्रपतिको चुनाव हुन लागेको छ । यस चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडेनले कडा चुनौती दिएका छन् ।
यतिबेला कोरोना महामारी, आर्थिक मन्दी तथा चीनको पछिल्लो विवादास्पद विषयलाई लिएर प्रतिद्वन्द्वी ट्रम्पलाई कमजोर बनाउने रणनीतिमा बाइडेन लागिपरेको देखिएको छ । बाइडेनले भारतीय र अश्वेत मुलुककी कमला ह्यारिसलाई उपराष्ट्रपतिमा उमेदवार बनाएर अमेरिकामा भारतीय र अश्वेत भोटरहरुलाई वर्तमान राष्ट्रपति ट्रम्पविरुद्ध रणनीति बनाएको आरोप लाग्न सुरु भइसकेको देखिएको छ ।
शनिको अशुभ अन्तर्दशाका कारणले अशुभफलमा वृद्धि
१४ जून १९४६ मा न्यूयोर्कमा बिहान १० बजेर ५२ मिनेटमा अद्भुत राजयोगमा वर्तमन राष्ट्रपति ट्रम्पको जन्म भएको थियो । सिंह लग्नमा जन्मिएका ट्रम्पको लग्नमै अर्थात टाउकोमा योगकारक ग्रह मंगल बसेको छ ।
अग्नि कारकग्रह मंगलको चतुर्थ दृष्टि बृश्चिकको चन्द्रमामा परेका कारणले गर्दा उनमा नेतृत्व क्षमता धेरै देखिएको हो र यही योगका कारणबाट नै अद्भुत राजयोगका कारणले प्रसिद्धि पनि प्राप्त भएको हो । राजसत्ता स्थानको अर्थात कर्म भावमा बसेको राहु लग्नाधीपति सूर्यसँग युक्ति बनाएर पञ्चमेश गुरुको दृष्टि परेकाले धन, बुद्धि तथा भाग्यको पूर्णरुपमा साथ रहेकाले दोस्रो ठूलो राजयोग निर्माण भएको छ ।
ग्रहयोग राम्रो हुँदाहुँदै पनि अहिलेको समयमा ट्रम्पको राम्रो दिन भने चलेको छैन । सूर्य, चन्द्रमा, मंगल तथा राहुको दशा डोनाल्ड ट्रम्पले पार गरिसकेका छन् । राहु तथा मंगलको दशा चलिरहेके समयमा २०१६ मा दिग्गज नेता हिलारी क्लिन्टनलाई पराजित गर्दै ट्रम्प अमेरिकाको राष्ट्रपति बन्न सफल भएका हुन् ।
स्थानहानिको नियमअनुसार वाणिस्थानमा बसेका बृहस्पति ग्रहमाथि बाह्रौँभावमा बसेको शनिको अशुभ तृतीय दृष्टि परेकाले उनले अभिव्यक्ति प्रायःजसो विवादास्पद बन्ने गरेको हो । अहिले बृहस्पतिमा शनिको अन्तर्दशा चलिरहेको छ ।
यसैका कारण उनलाई कोरोना भाइरसले आक्रान्त बनाइरहेको छ । गुरु तथा शनिको दशा राजनीतिक रुपमा शुभ नरहने उल्लेख गरिएको छ । नोभेम्बर १४ सम्म शनिको साढेसाति दशा पनि रहने भएकाले अहिलेको समय ग्रहअनुसार अनुकुल नरहेको देखिन्छ ।
अमेरिकामा को बन्छ नयाँ राष्ट्रपति ? ट्रम्प र बाइडेनको ग्रहदशा केलाएर गरिएको यस्तो छ भविष्यवाणी
अमेरिकी नागरिकले बाइडेन को सरकारलाई साथ दिने सम्भावना कति छ ?
२० नोभेम्बर १९४२ बिहान ८ बजेर ३० मिनेटमा पेन्सिल्भेनियामा जन्मिएका बाइडेन अमेरिकी राजनीतिक वृत्तमा एकदमै ठूलो नाम हो । उनी लगातार ७ पटक अमेरिकी सिनेटमा चुनिसकेका राजनीतिज्ञ हुन् । बाइडेन बर्ष २००९ देखि २०१८ सम्म उपराष्ट्रपति पनि भइसकेका छन् । बृश्चिक लग्नमा जन्मिएका बाइडेनको कुण्डलीमा भाग्य भावमा उच्चको बृहस्पति ग्रह बसेर महत्त्वपूर्ण स्थानमा शुभ दृष्टि परेको छ ।
ट्रम्मको राशि र बाइडेनको लग्न एउटै भएकाले पनि राशिभन्दा लग्न नै शक्तिशाली हुने छ । बृहस्पति तथा राहुको अन्तर्दशा चलेकाले बाइडेन अमेरिकाको राष्ट्रपति हुने योग प्रवल रहेको छ ।
( दक्षिण एसियामा रहेका ज्योतिषीहरुसँगको सहयोगमा तयार पारिएको हो । लेखक रिजाल : लेखक दक्षिण एसियाली ज्योतिष महासंघ नेपालका महासचिव हुन । )