ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

दिल्लीलाई पछि पार्दै साविक विजेत मुम्बई आईपीएलको शीर्ष स्थानमा

साविक विजेता मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को शीर्ष स्थानमा उक्लिएको छ ।

मंगलबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो । मुम्बईले दिएको १ सय ९४ रनको लक्ष्य राजस्थान १८ ओभर १ बलमा अलआउट हुँदै १ सय ३६ रनमा समेटियो ।

राजस्थानका लागि जोस बट्लरले ७०,जोफ्रा आर्चरले २४, टम करनले १५ रनउदाँ  महिपाल लोमरोरले ११ रन र कप्तान स्टिभ स्मिथ ६ रनमा आउट भए ।

मुम्बईका जस्प्रित बुम्राहले ४, ट्रेन्ट बोल्ट र जेम्स पाटीनसनले २/२ विकेट लिदा केइरन पोलार्ड, राहुल चाहरले एक एक विकेट लिए ।

पहिले टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो ।

मुम्बईका लागि सूर्यकुमार यादबले अविजित रहदै ७९, कप्तान रोहित शर्माले ३५ , क्विन्टन डी ककले २३ रन जोड्दा हार्दिक पाण्डयले ३० रन र कुर्नाल पाण्डयले १२ रन बनाए ।

राजस्थानका श्रेयस गोपालले २ विकेट,जोफ्रा आर्चर र कार्तिक त्यागीले १/१ विकेट लिए । जितसँगै मुम्बईले ५ खेलमा ८ अंक जोडेको छ । ८ अङ्कनै रहेको दिल्ली रनरेटका आधारमा दोस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *