ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

डेढ दर्जन बढी कम्पनीको आइपिओ आउदै

जोखिम कम हुने भएकोले कम्पनीले जारी गर्ने साधारण शेयर (आइपिओ) जहिले पनि लगानीकर्ताको रोजाइमा पर्छ । त्यसैले कुनै पनि आईपिओ खुल्ने वित्तिकै तीन चार गुणाबढी आवेदन पर्ने गर्छ । आईपिओमा प्रतिकित्ता एक सय रुपैयाँमा खरिद गरिएको शेयर दोस्रो बजारमा कारोबार हुँदा बढदै जान्छ ।
यसै बिच यो बर्ष ४ वटा कम्पनीको आईपिओ निष्काशन भईसकेको छ भने अन्य १६ वटा पाईपलाईनमा रहेका छन् । नेपाल धितोपत्र बोर्डका अनुसार आईपिओ निष्काशन गर्न एक बर्षको अडिट रिपोर्ट आश्यक हुने भएकोले मापदण्ड पुरा भएको कम्पनीहरुको आईपिओ निष्काशन हुँदै जाने बोर्डले जनाएको छ ।
बजारमा सकारात्मक संकेत देखिएकोले यो समयमा जतिपनि आईपिओ खरिद हुने भएपनि बजारको माग र मेरो शेयरको क्षमता हेरेर आईपिओ निष्काशन गर्नु पर्ने ठूला लगानीकर्ताको भनाई छ । एक पटक धेरै आईपिओ निष्काशन गर्न बजारको अवस्था तल जानुको साथै धेरैले मेरो शेयर प्रयोग गर्दा ओभारलोड भएर कारोबार गर्न अप्ठ्यरो हुने गरेको लगानी कताएको बुझाई छ ।
यतिबेला विभिन्न कम्पनीहरुले धितोपत्र बोर्डमा आइपिओ निष्काशनको लाष् िआवेदन दिएका छन् । जुन ४ अर्ब ४५ करोड ५५ लाख २८ हजार ७ सय २० रुपैयाँ बराबरको ४ करोड ४४ लाख ७३ हजार ७ सय ४६ कित्ता हुन आउछ ।


कुन कम्पनीको कति कित्ता ?


हिमालयन हाइड्रोपावर लिमिटेडले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण शेयर (आईपीओ) निष्काशन हुन लागेको छ ।
त्यस्तै बिदवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले २५ करोड बराबरको २५ लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको छ । त्यस्तै रु रु जलविद्युत परियोजना लिमिटेडले स्थायी बासी तथा सर्वसाधारणको लागि ८ करोड ९६ लाख ९५ हजार २ सय २० रुपैयाँ बराबरको ८ लाख १५ हजार ४ सय ११ कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो जसमध्ये ४ लाख ७ हजार ७ सय ५ कित्ता शेयर स्थायी बासीको लागि हो भने ४ लाख ७ हजार ७ सय ६ कित्ता शयेर सर्वसाधारणका लागि रहेको छ ।
त्यस्तै डीस मीडीया नेटवर्क लिमिटेडले पनि २३ करोड ८५ लाख ९२ हजार ९ सय बराबरको २३ लाख ८५ हजार ९ सय २९ कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्न लागेको छ ।
सुभम पावर लिमिटेडडले ५ करोड ८० लाख ५८ हजार बराबरको ५ लाख ८० हजार ५ सय ८० कित्ता, ।ईर्मजीङ नेपाल लिमिटेडले ५ करोड बराबरको ५ लाख कित्ता, तेरथुम पावर कम्पनी लिमिटेडले स्थायी बासी तथा सर्वसाधारणको लागि १२ करोड बराबरको १२ लाख कित्ता साधारण शेयर आईपीओ निष्कासन तथा बिक्री खुला हुन लागेको छ ।
त्यस्तै चन्द्रागिरी हिल्स कम्पनी लिमिटेडले स्थायी बासी तथा सर्वसाधारणको लागि १८ करोड ४० लाख ९१ हजार बराबरको १८ लाख ४० हजार ९ सय १० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको छ ।
सीबीआईएल क्यापीटल लिमिटेडडले ३ करोड बराबरको ३ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको छ । त्यस्तै मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले ७ करोड ३६ लाख २८ हजार ६ सय बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता, ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले ३४ करोड ९६ लाख ४० हजार बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता,सीङगटी हाइड्रो इर्नजी लिमिटेडले ४३ करोड ५० लाख बराबरको ४३ लाख ५० हजार कित्ता, मध्य भोटेकोसी जलविद्युत कम्पनी लिमिटेडले १ अर्व ५० करोड बराबरको १ करोड ५० लाख कित्ता साधारण शेयर, सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले असोज २१ गते बुधबारदेखि बिक्रीका लागि खुला गर्ने भएको छ ।
कम्पनीले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर ९आइपिओ० निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । आइपीओमा लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ताको लागि आवेदन दिन सक्नेछन ।
जसमध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीलाई, १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि निष्काशन गर्न लागेको हो । त्यस्तै सीईडीबी हाइड्रोपावर डे्भलपमेण्ट कम्पनी लिमिटेडले २५ करोड १८ लाख २३ हजार बराबरको २५ लाख १८ हजार २ सय ३० कित्ता साधारण शेयर आईपीओ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *