ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बैंगलोरलाई हराउदैं दिल्ली आइपिएलको शीर्ष स्थानमा

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

रोयल च्यालेन्जर्स बैंगलोरलाई ५९ रनले पराजित गर्दै दिल्ली इन्डियन प्रिमियर लिग(आइपिएल)को  शीर्ष स्थानमा उक्लिएको छ ।

दुबई इन्टरनेसनल क्रिकेट स्टेडिममा सोबमार राती भएको खेलमा  दिल्लीले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको बैंगलोरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन मात्र जोड्यो । बैंगलोरका लागि कप्तान विराट कोहलीले ४३, वासिङ्गटन सुन्दरले १७, फिन्चले १३,नाभदिप सैनी  १२ र मोइन अली र शिवम डुबेले समान ११/११ रन बनाए ।

दिल्लीका कागिसो राबडाले ४ विकेट ,एन्रीच नोर्ट्जे र अक्षर पटेलले २/२ विकेट झारे ।

टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९६ रन बनाएको थियो । जसमा  मार्कुस स्टोनिसले ५३ रन, पृथ्वी शले ४२ रन , ऋषब पन्तले ३७ रन , शिखर धवनले ३२ रन बनाउदा कप्तान श्रेयस आयर ११ रनमा आउट भए ।

बैंगलोरका मोहमद सिराजले २ विकेट लिए । इशुरु उडाना र मोइन अलीले १/१ विकेट लिए ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको दिल्लीले चौंथो जित निकालेको छ । दिल्लीले ५ खेलमा ८ अंक जोडेको छ । बैंगलोरले ५ खेलमा ६ अंक सहित तेस्रो स्थानमा छ  ।

  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *