ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व सम्बन्धी व्यवस्थामा परिवर्तन

नेपाल राष्ट्र बैंकले सञ्चालक समितिमा सञ्चालकको प्रतिनिधित्व सम्बन्धी व्यवस्थामा परिवर्तन गरेको छ ।

बैंकको आज बसेको भर्चुअल साधारणसभाले सञ्चालक समितिमा सञ्चालकको प्रतिनिधित्व सम्बन्धी साविकको व्यवस्थामा परिवर्तन गरी नेपाल सरकारबाट मनोनित हुने ४ ) जना सञ्चालकबाट घटाई ३ र सर्वसाधारण शेयरधनीको तर्फबाट निर्वाचित हुने २ जना सञ्चालकबाट बृद्धि गरी ३ कायम गर्न निर्णय गरेको छ ।

साथै, बैंकको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायहरुबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सो बमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत सभाले पारित गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *