ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

खानपान र जीवन शैली स्तन क्यान्सरको प्रमुख कारण

Woman with a pink breast cancer awareness ribbon

हरेक वर्ष जस्तै यो पटक पनि अक्टोबर महिनालाई स्तन क्यान्सर बारे सचेतना महिनाकोरुपमा मनाइँदै छ । स्तन क्यान्सरका पीडित बढ्दै गएको समयमा सचेतना कार्यक्रमले रोगबाट जोगाउन भूमिका खेल्ने गरेको ठानिन्छ । खानपान र जीवन शैली नै रोगको प्रमुख कारण रहेको बताउँदै चिकित्सकले सचेत रहन अपील गरेका छन् ।

नेपालमा पाठेघरको मुखको क्यान्सर पछि महिलाहरुमा सबैभन्दा बढी हुने स्तन क्यान्सर रहेको तथ्याङ्कले देखाएको छ । महिलाहरुलाई हुने यो रोग पछिल्लो समय पुरुषहरुकमा पनि देखिन थालेको छ । एकिङ तथ्याङक नभएपनि हरेक बर्ष पाँच हजार नेपाली महिलालाई स्तन क्यान्सर हुने गरेको अनुमान छ । कोरोना महामारीका कारण यो वर्ष अभियान त प्रभावित भएको छ नै मानिसहरु रोग पालेर घरमै बस्ने अवस्था आएको छ । लकडाउनका कारण मानिसहरु उपचारका लागी अस्पताल आउन नसकिरहेको भक्तपुर क्यान्सर अस्पतालका डाक्टर उत्सवमान श्रेष्ठको भनाई छ ।

चिकित्सकहरुले स्तन क्यान्सर बढ्नुको प्रमुख कारण मानिसहरुको जीवन शैली र अस्वस्त खानपान नै रहेको बताएका छन् । खानपान र जीवन शैलीमा सचेतना अपनाउँदा रोगको जोखिम पनि कम हुने विज्ञ चिकित्सक डा उत्सवमान श्रेष्ठको भनाई छ ।

विकसित देशमा स्तन क्यान्सर ६० बर्षको हाराहारीमा देखिने गरेको पाहिएपनि नेपालमा आधा भन्दा बढी क्यान्सर पीडित ५० बर्ष मुनीका रहेको चिकित्सकहरु बताउँछन् । त्यस्तै विकसित देशमा स्तन क्यान्सर प्रारम्भिक अवस्थामा नै थाह हुने गरेकोमा हामीकहाँ अन्तिम स्टेजमा मात्रै अस्पतालमा जाने चलन छ । त्यसमाथि यो वर्ष कोरोना महामारीका कारण मानिसहरु रोग पालेर घर बस्न बाध्य भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *