ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोनाका कारण हालसम्मकै सवैभन्दा धेरै १९ जनाको मृत्यु
मन्त्रालय भन्छ – सरकारको आलोचना गर्नु साटो स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गर्नुहोस

सेयर गर्नुहोस
  • 5
  •  
  •  
  •  
    5
    Shares

स्वास्थ्य मन्त्रालयले सरकारले केही गरेन भनेर आलोचना गर्नको साटो स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गर्न आग्रह गरेको छ । सरकारले कोरोना महामारी सुरु भए यता थुप्रै काम गरेको तर मास्क लगाउन समेत ख्याल नगर्नेहरु सरकारले केही गरेन भनेर सुरक्षित नहुने मन्त्रालयका प्रवक्ता गौतमको भनाई छ ।

नेपालमा गत चौवीस घण्टामा कोरोनाका कारण अहिलेसम्मकै धेरै १९ जनाले ज्यान गुमाएको र यो सँगै देशभर कोरोनाका कारण ज्यान गुमाउनेको ५ सय ५४ संख्या पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो कुल संक्रमितको शुन्य दशमलव छ दुइ प्रतिशत हो । यही अवधिमा विभिन्न अस्पतालमा उपचारत १ हजार १ सय ३३ जना निको भइ घर फर्किएका छन् । यो सँगै देशभरबाट निको भइ फर्कनेको संख्या ६५ हजार २ सय २ जना पुगेको छ । निको हुने संख्या संक्रमितको ७३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफीङमा क्रममा प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको १३ हजार ७ सय ८१ नमूना परीक्षणका क्रममा चौबीस घण्टामा २ हजार ४ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अविधमा काठमाडौं उपत्यकामा १ हजार ५ सय ३१ जनाकमा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै देशभर कोरोना संक्रमितको संख्या८९ हजार २सय ६३जना पुगेको प्रवक्ता गौतमले जानकारी दिनुभयो । देशभर क्वारेन्टिनमा ४ हजार३३ जना रहेको र आइसोलेसनमा २३ हजार ५ सय ७ जना रहेको मन्त्रालयले जनाएको छ ।

 अस्पतालमा आसियुमा उपचारत २ सय ४४ जना छन् भने भेन्टिलेटरमा रहेकाहरुको संख्या ४३ जना छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *