ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

काठमाडौ महानगरपालिका २२ वटा वडाको १ बर्षमा आफ्नै भवन हुने

सेयर गर्नुहोस
  • 3
  •  
  •  
  •  
    3
    Shares

काठमाडौ महानगरपालिका भित्रका २२ वटा वडा कार्यलयका अबको १ वर्षमा आफ्नै वडा कार्यलय निर्माण हुने भएका छन् ।

काठमाडौ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले २२ वटा वडा कार्यलयको एकै पटक शिलन्यास गरेका हुन् । हालसम्म २२ वटै वडा कार्यलय बहालमा बस्दै आएका र स्रोत साधन र बस्न समेत अभाव थियो ।

 शिलन्यासको एक वर्षमा भवन बनिसकेर आफ्नै भवनको कार्यलयबाट २२ वटै वडा कार्यलयले सेवा सुरु गरिसक्ने महानगरका मेयर विद्या सुन्दर शाक्यले बताएका छन् । काठमाडौमा भित्र भएका अन्य सम्पदा पुननिर्माण शहरी विकाश सडक पेटी पुननिर्माणको काम पनि आफ्नै कार्यकाल भित्र सम्पन्न गरिसक्ने बताएका छन् ।

महानगरपालिका भित्रका संस्कृति बचाउन नव निर्माण पुननिर्माण लगायतका काम पनि अगाडी बढाएको काठमाडौ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *