दैनिक करिव ७ बलात्कार: नियमक निकायका तुच्छ वाणी ‘पिडितका घाउमा नुन खुर्सानी’

प्रहरीको तथ्याङ्कमा बलात्कारका घटना
- आर्थिक वर्ष २०७१-७२ :- ९ सय ८१ बलात्कार,
- आर्थिक वर्ष २०७२-७३ :- ११ सय हाराहारी,
- आर्थिक वर्ष २०७३-७४:- ११ सय ५० हाराहारी,
- आर्थिक वर्ष २०७४-७५:-१५ सय हाराहारी ,
- आर्थिक वर्ष २०७५-७६ :- २ हजार ५ सय ७०
- आर्थिक वर्ष २०७६-७७ :-२ हजार ४ सय ५० धेरै बलात्कार
पछिल्लो समय गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बालिका बलात्कारका विषयलाई लिएर गरेको टिप्पणी आम नेपाली समाजमा पाच्य बनेन । देशको सम्पुर्ण शान्ति सुरक्षाको जिम्मा लिएका मन्त्रीले बलात्कार जस्ता घटनालाई समेत अन्य देशको तुलना गर्दे सन्तोष जनक रहेको टिप्पणी गरेका थिए । तर गृह अन्तर्गत पर्ने नेपाल प्रहरीको तथ्याङ्कले भने महिला सुरक्षाका विषययमा चुनौति नै चुनैती देखिएको छ । प्रहरीको तथ्याङ्कले पछिल्ला बर्षमा बलात्कारका घटनामा वृदी भएको प्रष्ट देखाउछ ।
सरकारमा बस्नेहरुले हामिल कानुनी रुपमा बलियो बन्यौं । संसारकै उत्कृष्ट संविधान निर्माण गर्यौं । देशमा भएका हरेक समस्यालाई कानुनी रुपमा समाधान गर्ने र देशलाइ उन्नत तर्फ प्रेरित गर्ने परिकल्पना गर्यौ । संविधानलाइ आधार मानेर देवानी र फौजदारी संहिता पनि बनायौ । भनेर दावी गरेपनि संसारकै उत्कृष्टमध्येमा पर्ने संविधानले देशमा बलात्कृत हुने छोरीहरूलाई सुरक्षा र न्याय दिन सकेन न । सरकारमा रहनेवालाले भनाईलानई नै आधार मान्नेहो भनेपनि संविधान निर्माण पश्चातका प्रत्येक बर्ष दैनिक ६ देखि ७ जनाको बलात्कार हुने तथ्याङ्कले देखाउछ ।
कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको यतिलामो समय बितिसक्दा पनि बलात्कारी अझै पत्ता लाग्न सकेको छैन । आमा बुबा न्यायका लागि लड्दा लड्दै थाकिसकेको प्रतिकृया दिदै आएका छन् ।
बझाङको मस्टा गाउँपालिका–२ की १२ वर्षीया बालिका सम्झना कामीको शव असोज ७ गते स्थानीय शिवमन्दिर नजिकै फेला पर्यो । प्रहरीले बलात्त्कारी भन्दै स्थानिय युवालाइ पक्राउ गर्यौ । सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ की १७ वर्षीया संगीता मण्डलमाथि गत भदौ २९ गते सामूहिक बलात्कार भयो । पीडित युवती परिवारको सहयोगमा उजुरी दिन प्रहरीमा जान खोजिन् । तर गाउँमा युवतीलाई पैसा दिएर घटना सामसुम पार्न खोजियो । युवतिले उजुरी दिन पाइनन र आत्महत्या गरिन् । ससुरा, श्रीमान् र नन्दे भाइबाट बलात्कार र बर्बर यातना पाएकी बझाङ सुनकुडाकी २१ वर्षीया युवतीलाई उनकै कान्छा ससुराले पनि लामो समय बलात्कार गरेर गर्भपतन गराएको घटनाले पनि अहिले चर्चानै पाएको छ ।
बालिकालाई बलात्कार गरी हत्या गर्नु जघन्य अपराध हो । पीडित महिला शारीरिक, मानसिक, सामाजिक र आर्थिकरूपमा प्रताडित भएरै बाँच्नुपर्ने परिस्थितिले समस्या घटन सकेको छैन । । महिलामाथि हुने अपराधजन्य घटना होस् या सबै किसिमका हिंसा अत्याधिक देखिन्छन् । तर बहालबाला मन्त्रीकै अभिव्यक्तिले महिलाहरु अझ असुरक्षीत बन्दै गएका छन् ।
यसरी दैनिक बालिका बलात्कारका घटना घट्दा समेत सरकार मौन बसेको भन्दै अधिकार कर्मीहरु रुष्ट बनेका छन् । सडकमा दैनिक जसो बलात्कार विरुध र बालिका सुरषाका लागि आन्दोलन हुने गरेपनि सरकारले तेस्ता आन्दोलन आफ्ना विरुध भएको संझिदिने प्रविर्ति झन घातक बन्दै गएको छ ।।