ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सधैं भद्रगोल उपत्यकाको पार्किङ

निरन्तर नियमन र निगरानी नहुँदा यस्ता धेरै सडक तथा गल्लीमा अव्यवस्थित ढंगले पार्किङ गर्ने प्रवृत्ति कायम छ । जसका कारण आवतजावत गर्नेहरु सधैं सास्ती व्यहोर्न बाध्य हुन्छन् ।
सेयर गर्नुहोस
  • 5
  •  
  •  
  •  
    5
    Shares

काठमाडौं उपत्यकाभित्र सवारीसाधन पार्किङको उचित व्यवस्थापन नहुँदा सडक, पैदलमार्ग र चोकमा समस्या हुनेगरेको छ । कहिले स्मार्ट पार्किङ त कहिले के का नाममा नयाँ नयाँ योजना सुरु गरेपनि दिर्घकालिन पार्किङ स्थान बन्न नसक्दा सवारी पार्किङमा दैनि जसो समस्या हुने गरेको छ ।

सडक पेटी र सडक लेन मिचेर गरिने पार्किङले पैदल यात्रुलाई सास्ति हुने गरेको छ भने सडक जाम सम्मका समस्या निमतदै आएका छन् । उपत्यकाका भित्रि सडकमा मात्र हैन मुख्य सडक देखि जताका प्रत्यक्ष समस्या सम्वोधन गर्ने कार्यालय आसपासको अवस्था पनि उस्तै छ ।

उपत्यकाको दोस्रो ठूलो महानगरपालिका ललितपुर महानगरपालिका कार्यालयसँगै गल्लीमा हुनेगरेको पार्किङले आवतजावत गर्नेहरु समस्यामा पर्नेगरेका छन्  । महानगरपनलिका कार्यालय प्राङगण भित्रै को  गल्ली हुँदै आवतजावत गर्ने सर्वसाधरण दैनिक दुइतिर गरिएको पार्किङबाट आजित छन् । महानगरपालिका कार्यलयमा व्यवस्थित पार्किङ नहुदाँ सेवाग्राही गल्लीमा सवारी पार्किङ गरिदिएका कारण स्थानिय हैरान छन्

स्थानीय बासिन्दाले पटक पटक आग्रह गर्दा पनि महानगरले पार्किङ व्यवस्थित गर्ने आश्वासन मात्र दिंदै आएको उनीहरुको भनाई छ । तर आफ्नै आखाँ अगाडीको समस्या पनि जानकारी नभएको भन्दै तर्किदै आएको छ ।

यस विषयमा कुनै जानकारी नभएको र  समस्या थाती रहेको भन्दै पार्किङ गरिएका सवारीसाधन हटाउनुका साथै आउने दिनमा समस्या नदोहोरिने जनाएको छ ।

निरन्तर नियमन र निगरानी नहुँदा यस्ता धेरै सडक तथा गल्लीमा अव्यवस्थित ढंगले पार्किङ गर्ने प्रवृत्ति कायम छ । जसका कारण आवतजावत गर्नेहरु सधैं सास्ती व्यहोर्न बाध्य हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *