ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

काठमाडौं उपत्यकामा उच्च जोखिम : चाड लक्षित तयारीमा उपत्यकाका प्रशासन

प्रजीअ दहाल भन्छन् ‘कालोबजारी गरर्नेहरुलाइ कडा कार्बाही गर्छौ पाता पट्काउने हो अब नागरिक ठ्ग्नेलाई । ‘

पछिल्लो समय काठमाडौं उपत्यका कोरोना संक्रमणको हटस्पट बन्दै गएको छ । स्वास्थ्य मन्त्रालयको दैनिक तथ्याङकलाई आधारमान्ने हो भने कुल संक्रमितको ६०-७० प्रतिशत नयाँ कोरोना संक्रमित काठमाडौंमा थपिने गरेका छन् । सरकारले जारी गरेको लकडाउनको अन्त्य पछि उपत्यकामा चहलपहल बढ्दा कोरोना संक्रमण अझ फैलिएको स्वास्थ्य मन्त्रालय स्वयमको भनाई छ ।

सरकारले लकडाउनको अन्त्य गरेपनि उपत्यकामा जारी जोरविजोर सवारीप्रणाली भने कायम छ तर पनि भिडभाडमा कमी आउन सकेको छैन । अझ ठूला चार्ड दशै, तिहार नजिकिन थालेपछि भिडभाड अझ बढेको छ भने कोरोनाको जोखिम अझ बढ्दो छ । स्वास्थ्य मन्त्रालयलले यसपटकको दशै तिहार जहाँ छ त्यही मनाउन आग्रह गरेपनि मानिसको चहलपहल भने रोकिएको छैन । यस्तो अवस्थामा उपत्यकाका जील्ला प्रशासन कार्यालयलहरु चाडबाड लक्षित जोखिम कम गर्ने तयारीमा जुटेको बताउदैँ आएका छन् ।

‘महामारीको रुपमा फैलिएको कोरोनाबाट यतिबेला देशभरि फैलिएको कोरोना संक्रमणमा काठमाडौं उपत्यकामा मात्र ७० प्रतिशत भन्दा धेरै संक्रमित देखिन थालेका छन् । दशै तिहार जसता ठूला चाड नजिकिदै छन  भने चहलपहल र भिडभाडको जोखिम त्यस्तै छ । उपत्यकाबाट बाहिरिने पनि खुला रुपमा प्रावह नगरि बाहिरिएका छन् । भित्रिने पनि खुला रुपमा जुन लापर्बाहीले संक्रमणले महामारीको दायरा फराकिलो बनाउँदै छ । तेसैले हामी यसको नियन्त्रणमा छलफलमा जुटेका छौं ‘ काठमाडौंका प्रखुम जील्ला अधिकारी जनकराज दाहलले भने ।  उनले  संक्रमण कम गर्न हर तरहको प्रायासमा जुटिरहेको दावी गरेका छन् ।

कोरोनाबाट बच्न चैत्र ११ गतेबाट सरकारले लकडाउन गरेसंगै धेरै मानिस उपत्यकाबाट बाहिरिएका थिए । जुन संख्या चाडवाडमा बाहिरिने भन्दा धेरै थियो । लामो समयको लाकडाउन खुले संगै विस्तारै उपत्यका भित्रिने संख्या बढ्दै गयो र उपत्यकाको अवस्था समान्य जस्तै बन्यो तर संक्रमणको जोखिम भने उच्च बन्यो । कोरोनाबाट बच्न ठप्प पारिएका क्षेत्रहरु समेत सन्चालन गरियो तर जसमा स्वास्थ्य सुरक्षा र सर्तकतामा नागरिक स्तर बाट नजरअन्दाज लापर्बाही हुँदा बढेको कोरोनाले हाल काठमाडौ उपत्यकालाइ इपिसेन्टर बनाएको छ ।

कोरोना महामारी नियन्त्रणमा खटिएको जिल्ला प्रशासन कार्यलयले फैलीएको संक्रमणमा बच्न आवतजावत व्वस्थापन प्रोटोकल पालना र दशैमा हुन सम्ने भिडभाड जनस्तरबाट अपनाउनुपर्ने सावधानि नाकामा हुने लापर्बाही लगायतका विषयमा तयारीमा जुटेर काम हुने प्रजीअ दाहलको भनाई छ

संगै चाडवाड आसपास र कोरोनालाइ आधार मानेर विभिन्न स्तरमा भएको कालोबजारी नियन्त्रणमा समेत विभिन्न टोली गठन गरि बजार अनुगमन भैरहेको र विभिन्न ठाउँमा कार्बाही समेत भैरहेको प्रशासनले बताएको छ । प्रजीअ दहाल भन्छन् ‘कालोबजारी गरर्नेहरुलाइ कडा कार्बाही गर्छौ पाता पट्काउने हो अब नागरिक ठ्ग्नेलाई । ‘

स्वास्थ्य मन्त्रालयले जारी गरेका सावधानी संगै उप्तयका आउने जाने दुवै विषयमा नियन्त्रणको लागि सरोकारवाला सबै निकायको समन्वयबाट काम हुने र आफूहरु पूर्ण रुपमा लाग्ने प्रशासनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *