ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

मौसमी रुघा खोकी पनि हुन सक्छ कोरोना भनेर नआतिन डाक्टरको सुझाव

गर्मी महिना सकिएर जाडो सुरु हुने बेला भएकोले यो समयमा मौसमी फ्ल्, डेंगि, विभिन्न किसिमका सरुवा रोग फैलिने गर्दछन । यो बर्ष कोरोनाको त्रास फैलिएकोले मैसमी रुघाखोकी लाग्ने वित्तिकै नआतिन डाक्टरहरुको सुझाव रहेको छ ।
मौसम परिवर्तन हुनेवित्तिकै मानिसको स्वास्थ्यमा प्रभाव पार्ने गर्छ । एउटा मौसममा अभ्यस्त भएको शरीरलाई अर्को मौसम सँग अभ्यस्त हुन केही समय लाग्ने भएकोले यो समयमा यस्ता किसिमका फ्लुहरु फैलिने गर्छ । यस्तो बेलामा शरीरको इम्युनिटी डिस्व्यालेन्स हुने हुदा मानव स्वास्थ्यमा रुघाखोकी लगायत मौसमी संक्रमणको जोखिम बढ्नुका साथै मानिसलाई रुघाखोकीले सताएको हुन्छ ।
अहिले मौसम परिवर्तन हुने समय पनि हो ब्याक्टेरिया र भाइरसहरु बढि सकिय हुने भएकोले बढि सरुवा रोगहरु लाग्ने गरेको सरुवा रोग विशेषज्ञ शेर बहादुर पुनको भनाई छ । कोरोना र मौसमी रुघाखोकी लक्षण मिल्दो जुल्दो भएपनि छुट्याउन सकिने पुनको भनाई छ । मौसमी रुघा खोकीका लक्षण शरीर दुख्ने, टाउको दुख्ने नाक बन्द हुने, नाकबाट पानी आउने हल्का ज्वरो आउने, सामान्य उपचार बाटै निको हुने कोरोना संक्रमणका लक्षण एक सय ४ डिग्री भन्दा बढि ज्वरो आउने सुख्खा खोकी लाग्ने शरीर थाकेको महसुस हुने स्वासप्रस्वासमा समस्या हुने स्वाद र गन्ध थाहा नहुने घाँटी खसखस गर्ने बोलि परिवर्तन हुन्छ । यस्ता लक्षण देखिए निको हुन १० दिन लाग्न सक्ने अक्सिजन र आइसीयुको उपचार आवश्यक पर्न सक्ने यी दुवै रोग एक व्यक्तिबाट अर्कोमा सर्ने भएको हुँदा छुट्टै कोठामा बस्ने, आफुले प्रयोग गरेका सामान अरुलाई प्रयोग गर्न नदिने । तापक्रम, अक्सिजन हेरिरहने । आवश्यक परे पिसिआर टेस्ट गर्ने चिकित्सकले सल्लाह लिने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *