एनसेलले ल्यायाे चाडपर्व लक्षित भुवाईस सेवा

एनसेल आजियाटाले दसैं, तिहार र छठलाई लक्षित गर्दै भ्वाइस सेवाका ग्राहकका लागि उपहार योजना ल्याएको छ ।
कम्पनीले कुरै कुरामा उपहार योजना ल्याउँदै प्रिपेड ग्राहकले अन नेट, अफ नेट वा अन्तर्राष्ट्रिय कल गरी तोकिएको निश्चित मिनेटको भ्वाइस सेवा प्रयोग गरेर आकर्षक पुरस्कार पाउने जनाएको छ ।
दैनिक, साप्ताहिक र बम्पर उपहार दिने कम्पनीले जनाएको छ । प्रिपेड ग्राहकले भ्वाइस सेवाको प्रयोग गरी जति धेरै कुराकानी गर्छन् त्यति नै धेरै उपहार जित्ने मौका पाउनेछन आइतबारदेखि लागू भएको यो योजना मंसिर १३ गतेसम्म कायम रहने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
योजनामा सहभागी हुन १७१०७ मा डायल गरी सहभागी हुनसक्ने कम्पनीले जनाएको छ। योजनामा सहभागी हुनेबित्तिकै ग्राहकले हरेक दिन भ्वाइस कल गर्नका लागि निश्चित मिनेटको लक्ष्य पाउने छन् । तोकिएको निश्चित मिनेटको भ्वाइस कल गर्नेबित्तिकै ग्राहकले त्यही दिनको मध्यरातसम्मको समयसीमा रहेको बोनस अन नेट टक टाइम तुरुन्तै पाउने र उपहार जित्न योग्य हुने कम्पनीले जनाएको छ ।