ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पहिलो स्थानमा साविक विजेता मुम्बई

सनराइजर्स हैदराबादलाई ३४ रनले पराजित गर्दै साविक विजेता मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) को शीर्षस्थानमा उक्लिएको छ ।

युएईको सारजहास्थित क्रिकेट मैदानमा प्रतिस्पर्धामा २०९ रनको लक्ष्य पछ्याएको सनराईज १७४ रनमै समेटियो । वार्नरले ६० रन ,जोनी बेरिष्टो २५ रन, मनिष पाण्डे ३० रन जोडेपनि जितका लागि पर्याप्त बनेन ।केन विलियमसन, प्रियाम गर्ग र अभिषेक शर्मा क्रम ३, ८ र १० रनमा आउटभएपछि सनराईको ब्याटिऽ लाईन धरासायी बन्दै गयो । अब्दुल सामदले २० रन मात्रै जोड्दा हैदराबादले अंक गुमाइ सकेको थियो । जितका लागि मुम्बईका बलर टोरेन्ट बोल्टले २, जेम्स पाटिसनले २ र जसप्रित बुम्राहको नाममा पनि २ विकेट लिए ।

२ सय ९ रनको लक्ष प्रस्तुत गरेको मुम्वइले ६ रनमानै पहिलो विकेट गुमाएको थियो । पहिलो विकेटमा नै कप्तान रोहित शर्मालाई गुमाएको मुम्बइकालागि क्विन्टन डीककको उत्कृष्ठ अर्धशतकीय पारीले जित आधार तय गरेको थियो ।  ३९ बल खेल्दै ४ चौका र ४ छक्का हान्दै ६७ रन जोडेका थिए ।

सुर्यकुमार यादवले २७, इशान किसानले ३१ रन जोड्दा हार्दिक पाण्ड्याले २८ रन बनाए । केइरन पोलार्ड र कुर्नाल पाण्ड्याले नटआउट रहँदै २५ र २० रन बनाउदै हैदारावाद सामु २ सय ८ रनको विशाल लक्ष प्रस्तुत गरेका थिए । हैदारावाद सन्दीप शर्मा र सिदार्थ काउलले दुई दुई विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *