ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अस्तब्यस्त सरकारी कार्यालय-न स्वास्थ्य सावधानी न सहज सेवा

लामो समयको लकडाउनमा थन्किएर बसेका सेवाग्राही जोखिम मोलेर सेवा लिन गएको देखिन्छ । नयाँ लाइसेन्स कहिले खुल्ने भन्ने अन्योल भएको कार्यलयले बताएको छ ।

सधै भिडभाड र अस्तव्यस्त हुने सरकारी कार्यलय कोरोना महामारी र लकडाउनका कारण करिव ६ महिना  ठप्प जस्तै बने । लामो समय सुनसान हुदाँ प्रविधिको क्षेत्रमा व्यापक परिवर्तन गरेर जनताले घरमा नै बसीबसी सेवा सुविधा उपयोग गर्न पाउने अपेक्षा गरेका थिए । तर ६ महिना पछि पनि जनताको हातमा भने हातलाग्यो शुन्य जस्तै बन्यो ।

सवै भन्दा धेरै भिडभाड हुने यातायात कार्यलय, भन्सार कार्यालय, मालपोत कार्यालय लकडाउन खुलेपछि पहिलेको जस्तै अस्तवयस्त छन् । यस्का कार्यालयमा स्वास्थ्य सम्वन्धि कुनै मापदण्ड अपनाइएको छ । नत सेवा ग्राही सचेत बनेका छन् ।

लामो समय पछि खुलेको लकडाउनमा सरकारले अधिकाँश क्षेत्र एकैपटक खुला गर्यौ  । सरकारी स्तरबाट दिइने सेवाहरु सन्चालन गर्न पनि थालियो । अन्य अवस्थामा भिडभाड हुने यातायात सेवा कार्यलय एकान्तकुना हामी याहाँको काम र सेवा प्रवाह कसरी भैरहेको छ भनेर पुग्यौ । याहाँ पुग्दा याहाँको दृश्य अव्वस्थित भिडभाड देखियो ।

कोरोनाको जोखिम भन्नले विषयले याहाँ कुनै प्रभाव पारेको थिएन । कर तिर्ने लाइसेन्स रिनिउ गर्ने विलबुक रिनिउ स्मार्ट कार्ड वितरण गर्ने नयाँ खुलेको अवस्थामा लाइसेन्सको काम समेत हुने कार्यलयमा पुग्दा घण्टौ देखी लाइनमा बसेका सेवाग्राही हफ्ता दश दिन सम्म कार्यलयले अनावश्यक दुख दिएको भनेर विभिन्न गुनासा गर्दै थिए ।

एकान्तकुना कार्यलयमा हाल दैनिक ५ सय सेवाग्राहीलाइ संक्रमणबाट जोगिन टोकन दिएर काम गरेको कार्यलयमा आबद्ध कर्मचारी बताउँछन् । हाल यो कार्यलयमा अन्य कार्यलयको तुलनामा धेरै जिम्मेवारी र ३ लाख लाइसेन्स प्रिन्ट भैसकेर वितरण गरेको हुनाले भिडभाड बढेको कर्मचारीले बताएका छन् । केही दिन अघि दिनमै ३ हजार सेवाग्राहीलाइ सेवा दिँदा भिडभाड बढेकोले व्वस्थित गराएको तर सेवाग्राहीले लापर्बाही गरेको कार्यलय बताउँछ ।

हाल यो कार्यलयमा ५ सय सेवाग्राहीलाइ सेवा दिएको र यो सेवा जोखिम हेरेर बढाउँदे जाने कार्यलय बताउँछ । लामो समयको लकडाउनमा थन्किएर बसेका सेवाग्राही जोखिम मोलेर सेवा लिन गएको देखिन्छ । नयाँ लाइसेन्स कहिले खुल्ने भन्ने अन्योल भएको कार्यलयले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *