ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

भिआइपीमा कोरोना संक्रमण

सनिबारमात्र प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकारहरुमा कोरोना संक्रमण पुष्टि हुदाँ प्रधानमन्त्री पनि कन्ट्रायक ट्रेसिङमा परे ।

कोरोना संक्रमणको दर तिव्र रुपमा बढ्दो क्रममा रहेको छ । दैनिक दुई हजार धेरैमा कोरोना संकरमण पुष्टि हदैँ आएको छ । जुन अनुपातमा कोरोना संकरमण बढेको छ तर त्यो अनुपातमा रोकथामा तथा नियन्त्रणमा खेलेको भूमिका भने प्रभावकारी देखिएको छैन । निको भएर घर फर्केकामा समेत नयाँ नयाँ समस्या थपिएसँगै कोरोना अझ भयावह बन्दै गउको छ ।

 अधिकाम्स कोरोना संक्रमण सर्वसाधरणमा देखिएको र छिट्फुटमात्रामा मात्र सार्वनजीक जिवन व्यतित गर्दै आएका व्यक्तिमा कोरोना पुष्टि भएपनि शनिवार कोरोना भिआइपिसम्म पुग्यो । बालुबाटर देखि सानेपासम्म कोरोनाका कारण सिल हुने अवस्था श्रीर्जना भयो ।

सनिबारमात्र प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकारहरुमा कोरोना संक्रमण पुष्टि हुदाँ प्रधानमन्त्री पनि कन्ट्रायक ट्रेसिङमा परे । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा र प्रखुम स्वकिय सचिव इन्द्र भण्डारीलाई कोरोना संक्रमण पुष्टि भयो । तेस्तै वालुवाटरमा सुरक्षामा खटिने ६७ जना सुरक्षा कर्मिमा ससमेत कोरोना पुष्टि भएको छ । यो भन्दा पहिला प्रधानमन्त्रीका नीजि चिकित्सक डा। दिब्यासिंह शाह र फोटोग्राफर राजन काफ्लेलाई पनि कोरोना संक्रमण भएको थियो ।

शनिबार नै  नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, गगन थापासहित ७० जना नेतालाई कोरोना संक्रमण पुष्टि भएको थियो । आगामी सोमबार केन्द्रीय समिति बैठक बस्नुअघि केन्द्रीय कार्यालयका सुरक्षाकर्मी र कर्मचारीसहित २ सय ७० जनामा गरिएको कोरोना परीक्षणामा ७० जनामा कोरोना संक्रमण देखिएको थियो । जसका कारण ५ दिनका लागि पार्टिक कार्यालय सिल गरिएको छ ।

यसअघि नै कांग्रेस सासंद समेत रहेका उद्योगपति विनोद चौधरी, संघीय संसद सचिवालयका सहसचिव एवम प्रवक्ता डा रोजनाथ पाण्डेलाई कोरोना संक्रमण भएको थियो बागमति प्रदेशकी उपसभामुख राधिका तामाङलाई समेत कोरोना पोजेटिभ देखिएको थियो ।

त्यस्तै नेकपा अध्यक्ष पुष्पकमल दाहलका सुरक्षा गार्डमा कोरोना पुष्टि भएको थियो । प्रतिनिधिसभाका सांसद प्रदिप यादव,अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नविन घिमिरेमा कोरोना संक्रमण पुष्टि हुदाँ उपप्रधामन्त्री इस्वर पोखरेल, गृहमन्त्री राबहादुर थापा तथा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल आइसोलेशनमा बसेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *