ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

रनरेटमा पछि पर्दा बेंगलोर तालीकाको दोस्रो स्थानमा झर्यो

दिल्लीसँग समान अङ्क भएपनि रनरेटका आधारमा बेंगलोर  इन्डियन प्रिमियर लिग(आइपिएलको) दोस्रो स्थानमा चित्त बुझाएको छ ।  बेंगलोरले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको थियो तर तेसपछि लगत्तै भएको खेलमा दिल्लीले कोलकत्तालाई पराजित गरेसंगै बेंगलोरको शिर्ष स्थान लामो समय टिकेन ।

शुक्रबारको पहिलो खेलमा जितका लागि १ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको बेंगलोरले १९. १ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । बेंगलोरको जितमा विराट कोहली ५३ बलमा ७ चौका र २ छक्का सहित ७२ रनमा अविजित रहे ।  पाडिक्कल ४५ बलमा ६ चौका र १ छक्का सहित ६३ रनमा बोल्ड आउट भए ।  आरोन फिन्च, ८ , एबी डिभिलियर्स १२ रनमा अविजित रहदाँ । श्रेयस गोपाल र जोफ्रा आर्चरले एक एक विकेट लिए ।

टस जितेर पहिला ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५४ रन बनाएको थियो । राहुल टेवाटिया २४ ,जोफ्रा आर्चर १६ रनम  जोड्दा कप्तान तथा ओपनर स्टिभ  ५ रनमा बोल्ड भए ।

 जस बटलर २२ रनमा क्याच आउट हुदाँ बटलरले १२ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *