कोलकत्तालाई हराउदै दिल्ली शिर्ष स्थानमा

इन्डियन प्रिमियर लिग (आइपिएल)मा कोलकत्तालाई हराउदै दिल्ली अङ्क तालीकाको शिर्ष स्थानमा उकल्लिउको छ । शनिवार राती भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई १८ रनले हराउदै दिल्लि शिर्ष स्थानमा उक्लेको हो ।
जितका लागि २ सय २९ रनको विशाल विजयी लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ८ विकेटको क्षतिमा २ सय १० रनमात्र बनाउदा दिल्लीको जित सहज बन्यो ।
कोलकत्ताका लागि नितिश रानाले ५८,इयान मोर्गनले ४४, र राहुल त्रिपाठीले ३६ रन बनाए पनि जितकालागि पर्याप्त भएन । तेस्तै शुबमन गिलले २८ रन जोड्दा आन्द्रे रसेलले १३ रन बनाए । कप्तान दिनेश कार्तिक ६ रनमा आउट भए ।
दिल्लीका एन्रीच नोर्ट्जेले ३ विकेट लिए । यस्तै हर्सल पटेलले २ तथा अमित मिश्रा, मार्कुस स्टोनिस र कागिसो राबडाले १/१ विकेट लिए ।

दिल्लीका लागि कप्तान श्रेयस आयर र पृथ्वी शले अर्धशतकीय इनिङ्स जितका लागि आधार बन्यो । श्रेयसले ३८ बलमा अविजित रहदै ८८ रन बनाउदाँ पृथ्वीले ४१ बलमा ६६ रनको अर्धशतकीय इनिङ्स खेले ।
ऋषब पन्तले ३८ रन जोड्दा शिखर धवनले २६ रन बनाए ।कोलकत्ताका आन्द्रे रसेलले दुई विकेट लिए । यस्तै भरुण चक्रवर्ती र कमलेस नगरकोटीले एक एक विकेट लिए ।