ब्यापारघाटा २५ प्रतिशतले घट्यो

कोभिड १९ का कारण भारत लगायत तेस्रो मुलुकबाट आयातमा हुने वस्तुमा कमी आउँदा व्यपारघाटामा घटेको आएको भन्सार विभागले जानकारी दिएको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा व्यपारघाटा २४ दशमलव ९ नौ प्रतिशतले घटेको भन्सार विभागको भदौ महिनाको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्षमा आयात २२ दशमलव शुन्य ७ प्रतिशतले घटेकोमा निर्यात भने १० दशमलव चार ९ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको पहिलो दुई महिनामा २ खर्व २९ अर्व ५० करोड ३६ लाख ९६ हजार रुपैयाँ वरावरको वस्तु आयात भएको थियो भने चालु आर्थिक वर्षको पहिलो दुई महिनामा १ खर्व ७८ अर्व ८४ करोड ६२ लाख ६८ हजार रुपैयाँको मात्रै वस्तु आयात भएको छ ।
गत यही समयमा १८ अर्व ५० करोड १८ लाख ५४ हजार रुपैयाँ वरावरको वस्तु निर्यात भएको थियो भने चालु आर्थिक वर्षको पहिलो दुई महिनामा निर्यात वढेर २० अर्व ४४ करोड ३० लाख ६२ हजार रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको दुई महिनामा बैदेशिक व्यपारको अवस्था हेर्ने हो भने गत आर्थिक वर्षको तुलनामा १९ दशमल ६ चार प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पहिलो दुई महिनामा २ खर्व ४८ अर्व ५ लाख ५ सय ५१ रुपैयाँ वरावरको बैदेशिक ब्यापार भएकोमा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा १ खर्व ९९ अर्व २८ करोड ९३ लाख रुपैयाँको ब्यापार भएको छ ।
विगत देखिनै नेपालको ब्यपारघाटा सबैभन्दा बढी भारतसँग र दोस्रोमा चीनसँग रहदै आएको छ । भदौ महिनामा मात्रै भारतबाट १ खर्व १९ अर्व ६३ करोड ३३ लाख ५४ हजार रुपैयाँको वस्तु आयात भएको छ भने १४ अर्व ४२ करोड ८९ लाख १५ हजार रुपैयाँ वरावरको वस्तु नेपालवाट वस्तु निर्यात भएको छ । भारतसँग भदौ महिनामा मात्रै १ खर्व ५ अर्व २० करोड ४४ लाख ३९ हजार रुपैयाँको ब्यापारघाटा रहेको छ । त्यस्तै चीनवाट २४ अर्व ३१ करोड ३६ लाख २९ हजार रुपैयाँको वस्तु भएको छ भने नेपालवाट १३ करोड ९ लाख ७६ हजार रुपैयाँको वस्तु निर्यात भएको छ , अर्थात भदौ महिनामा मात्रै चीनसँग नेपालको ब्यापारघाटा २४ अर्व १८ करोड २६ लाख ६४ हजार रुपैयाँ रहेको छ ।
नेपालमा सबैभन्दा धेरै पेट्रोलियम वस्तु आयात हुन्छ । जसको कुल आयातको ८ प्रतिशत हिस्सा ओग्टने गरेको छ । यसवाहेक सवारी सधान , उपकरण तथा पाटपुर्जा ,टायर, अन्य मेसेनरी तथा पाटपुर्जा , दुरसञ्चार तथा यसका पाटपुर्जा, चामल , स्वायविनको कच्चा तेल , औधषी , एमयस व्लेड , तयारी पोसाक , विद्यूतिय समाग्री कोइला तरकारी किटनाषक औषधी लगायतका वस्तुहरु सबैभन्दा वढी आयात हुने गरेको छ । नेपालवाट उलन कार्पेट ,धागो , जुटका समाग्रीहरु , तयारी पोषाक , पस्मिना , जडवुडी , तयारी चाउचाउ, जुस , चियाँ , अदुवा लगायतका वस्तुहरु निर्यान हुने गरेका छन् ।