ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

दशैंको मुखमा व्यापारीका पिडा:- न उपभोक्ता छन् न सामान

सेयर गर्नुहोस
  • 16
  •  
  •  
  •  
    16
    Shares

ठूलो मात्रमा व्यापार हुने दशै तिहारमा नै यस बर्ष व्यापार सुनसान भएपछि व्यापारीहरु चिन्तित बनेका छन् । विगतका बर्षहरुमा भदौ देखि मंसिर सम्म समग्र व्यापारको ५० प्रतिशत हुने गरेको थियो तर यस बर्ष भने १० प्रतिशत पनि व्यापार हुन नसके पछि व्यापारीहरु चिन्तित बनेका हुन ।

कोभिडका कारण पुस देखिको सामान केरुङ र तातोपानी भन्सारमा अडकिएपछि बजारमा न उपभोक्ताले खोजेजस्तो समान पाउन नसकेका छन् न व्यापारीको व्यापार नै भएको छ । जसको कारण दुबैलाई समस्या भएको छ । लामो समयको बन्दले पसलको भाडा तिर्न नकेको व्यापारीहरु गुनासो गर्छन् 

एका तिर व्यापार हुन सकेको छैन भने अर्कोतिर सामान नाकामै रोकिएका कारण छिटफुट आएका ग्राहकलाई समेत खोजे जस्तो समान दिन नसकिएको व्यापारी बताउछन् । यस बर्ष गत बर्षको तुलनाका नगन्य मात्रमा मात्रै व्यापार भएको उनीहरुको भनाई छ ।

दशै नेपालीको महान चाड भएको कारण ठूलो मात्रामा किनमेल हुने गर्छ तर यस बर्ष भने कोभिडका कारण उपभोक्ताको आर्थिक अवस्था पनि खस्किएको छ । चाडपर्वलाई भन्दै किनमेल गर्न आएका उपभोक्ताहरुले समेत सानको मुल्य बढनुका साथै खोजे जस्तो समान पनि भेटन नसकेको प्रतिक्रिया छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *