ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

२ हजार १ सय २० जनामा कोरोना संक्रमण पुष्टि,प्रधानमन्त्रीका सल्लाहकारलाई पनि कोरोना

सेयर गर्नुहोस
  • 5
  •  
  •  
  •  
    5
    Shares

नेपालमा पछिल्लो २४ घण्टमा २ हजार १ सय २० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या संक्रमितको कुल संख्या ८४ हजार ५ सय ७० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तेस्तै कोरोनाका कारण पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । योसंगै नेपालमा कोरोनाका कारण मृत्यू हुनेको सङ्ख्या ५ सय २८ पगेको छ ।

यता प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । शुक्रबार दिएको स्वाब परीक्षणको रिपोर्ट पोजिटिभ आएको थापा स्वयम्ले जानकारी दिए । थापाले आफ्नो सम्पर्कमा रहेका सबैलाई सावधानी अपनाउन आग्रह गरेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *