ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

संकटमा राष्ट्रिय अभिलेखालय

२०२४ असोज १७ गते स्थापना भएको संस्थामा हाल पाँचौँ शताब्दीदेखिका ताडपत्र, भोजपत्र र नीलपत्रमा लेखिएका ३२ हजार धेरै हस्तलिखित ग्रन्थको अभिलेख छ ।

महत्वपूर्ण कागजातलाई अभिलेखका रुपमा व्यवस्थित एवं सुरक्षित तरिकाले राख्न स्थापना गरिएको राष्ट्रिय अभिलेखालयको ५३ औं राष्ट्रिय अभिलेखालय दिवस मनाइएको छ ।

अभिलेखालयको ५३ औं ‍दिवसमा आयोजना गरिएको भर्चुअल कार्यक्रममा बागमति प्रदेशका  मुख्यमन्त्री डोरमणी पौडेलले अभिलेखालयलाई महत्व दिननसक्दा नयाँ पुस्ताले नेपाली इतिहास भुल्ने हुन कि भन्ने चिन्ता व्यक्त गरेका छन् । उनले तिनै तहका सरकारले इतिहास संस्कृति लगायतका सम्पूर्ण विषय अभिलेख रहेमा भोलीका दिनमा आउने समस्याहरुसंग सहज रुपमा समाधान हुने हुँदा तिनै तहका सकारले अभिलेखालयको स्थापना गर्नुपर्ने धारणा राखे  ।

दिवसका अवसरमा तिनवटा पुष्तक समेत विमोचन गरिएको छ । इतिहास संस्कृति कथा काव्य रचनाहरु साथै पाँचौ छैठौ शताब्दिका विभिन्न विषयहरु समावेश भएका दङ्गीशरण कथा, कालितत्व ,प्रथम लगत संस्कृतिविद् वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीले विमोचन गरे । यस्ता इतिहास समावेश भएका पुष्तक र दस्वेजहरुले पुरात्तव र ऐतिहासिक सम्पदा जोगाउन सघाउ हुने उनको विश्वास छ  ।

दुइ पाण्डुलिपिको आधारमा तयार  पारिएको प्रथम लगतमा ३३ प्रतिशत मानव जिवनसंग जोडिएको तन्त्र सम्बन्धि र ६७ प्रतिशत धर्म संस्कृति इतिहास लगायत समेतटिएको छ । सहि दिवसमा बोल्दै प्राज्ञ प्रतिष्ठानका सदस्य जगत प्रासद उपाध्यायले प्रज्ञाप्रतिष्ठानले पनि डिजिटल लाइब्रेरी मार्फत पुराना विषयबस्तुलाई सबैको पहूँचमा पुर्याउने बताए ।

विभिन्‍न दृष्टिकोणले महत्वपूर्ण कागजातलाई अभिलेखका रुपमा व्यवस्थित एवं सुरक्षित तरिकाले राख्न स्थापना गरिएको राष्ट्रिय अभिलेखालयमा   अभिलेखको अस्तित्व संकटमा परेको अभिलेख छरिएर रहेका पहुँचको अभाव दक्ष जनशक्तिको अभाव,सरकारी कार्यलयको दायित्वको अभाव अभिलेखको बुझाइमै समस्या कानुनी जटिलता रहेको राष्ट्रिय अभिलेखालयका पूर्व प्रमुख भिमप्रसाद नेपालको भनाई छ ।

प्रविधिको समस्या दर्ता रेकर्ड प्राप्तीमा समस्या दायित्वनै आफू अन्तर्गतका निकायले ग्रहण नगर्दा देखिएका समस्या समाधानमा महत्वका लाग्ने पर्यटन मन्त्री योगेश भट्टराइले प्रतिवद्दता जनाएका छन्  । २०२४ असोज १७ गते स्थापना भएको संस्थामा हाल पाँचौँ शताब्दीदेखिका ताडपत्र, भोजपत्र र नीलपत्रमा लेखिएका ३२ हजार धेरै हस्तलिखित ग्रन्थको अभिलेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *