ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

तत्काल लकडाउन नहुने– मन्त्री ढकाल

कोभिड–१९ का कारण मुलुकको अर्थतन्त्रमा गम्भिर असर परेको भन्दै तत्काल सरकार अब लकडाउनलाई निरन्तरता दिने मनस्थितिमा नरहेको स्वस्थ्य तथा जनसंख्या मन्त्री भनुभक्त ढकालले बताएका छन् । राष्ट्रिय व्यवसायिक पहलले लामो समयको लकडाउनले उद्योग व्यवसाय धरासाही भएको र अब देशले लकडाउन थेग्न नसक्ने भन्दै स्वास्थ्य मन्त्रालयलाई बुझाएको ज्ञापन पत्रको जवाफ दिनै मन्त्री ढककाले सिमित श्रोत र साधनका बावजुद सरकारले अधिकतम सेवा पुर्याउन प्रयासरत रहेको आमनागरीकले निर्धारित मापदण्डको पालना गरि सहयोग गर्नुपर्ने बताएका छन् ।
मन्त्री ढकालले कोभिड १९ को नियन्त्रण र आर्थिक गतिविधिलाई सुचारु गर्न राष्टिय व्यवसायिक पहलले लिएको जिम्मेवार व्यवसायिक अभ्यासलाई स्रहाना गदै निजी क्षेत्रबाट प्राप्त महत्वपूर्ण सुझावलाई स्वास्थ्य मन्त्रालयले गम्भिरतापूर्वक लिएको बताएका छन् ।
पहलले कोरोना महामारी नियन्त्रणको लागि सरकारले जारी गरेको ६ महिना भन्दा लामो लकडाउनका कारण सम्पूर्ण व्यवसायिक क्षेत्र धराशायी भएकोले थप बन्द थेग्न सक्ने अवस्था नरहेकोले सरकारले यसको विकल्पमा खोज्नु पर्ने बताएको छ । मुलुकको सामाजिक तथा आर्थिक क्षेत्र थप धरायसी हुन नदिन अर्थतन्त्रलाई चलायमान बनाउनुपर्नेमा शुरुवाती चरण देखिनै पहलले जोड दिदै आएको आम उद्योग व्यवसाय सञ्चालनको आधार तयार गरेको, स्वास्थ्य सुरक्षा सामग्री सरकारलाई हस्तान्तरण गरेको, क्षेत्रगत रुपमा सवै क्षेत्रमा प्रोटोकल निर्माणमा सहयोग एव पे्ररित गरिरहेको, आफै जिम्मेवार भई स्वघोषणा गर्ने लगायतका कार्यमा सघाउ पुर्याउदै पहले हाल स्तरीय प्रोटोकल निर्माणको प्रक्रियामा रहेको जानकारी बताए ।

यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले विप्रेषणमा आधारित नेपालको अर्थतन्त्र, पर्यटन क्षेत्र, सेवा व्यापार, यातायात क्षेत्र, निर्यात व्यापार, रोजगारी कटौती लगायत साना, मध्यम तथा ठुला सवै खालका व्यवसाय धरासायी भएको बताएका छन् । समग्र अर्थतन्त्रको सुक्ष्म अध्ययन गरी अर्थतन्त्रलाई जोगाउन अल्पकालिन तथा दीर्घकालिन योजना, राहत तथा पुर्नउत्थानका कार्यक्रमका साथ अघि बढ्नुपर्ने उनको धारण रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *