पूर्व राष्ट्रपति यादवले डा. गोविन्द केसी भेटे

पूर्व राष्ट्रपति डा. रामवरण यादवले चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसीसँग भेट गरेरका छन् ।
डा.यादव त्रिवि शिक्षण अस्पतालमा पुगेर अनशनरत डा. केसीसँग भेट गरेका हुन । पूर्व राष्ट्रपति यादवले डा. केसीले जनताका आवाज उठाएको भन्दै वार्तामार्फत समस्याको समाधान गर्नुपर्नेमा जोड दिएका छनु ।
डा. यादवले अनशनरत डा. केसीलाई तपाईले उठाउनु जनताको माग वार्ताबाट समाधान गर्नुपर्छ ।
विहिबार सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोना महामारीविरुद्ध लड्नुपर्ने बेला डा.केसी अनशन बस्नु उपयुक्त नभएको भन्दै अनशन तोड्न आग्रह गरेका थिए । त्यसको भोलिपल्टै पूर्व राष्ट्रपति यादवले केसीसँग भेट गरेका छन् ।