ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

म्याद सकिएको सामग्रीमा नयाँ स्टिकर टाँस गर्ने समुह पक्राउ

महानगरीय अपराध महाशाखाले म्याद सकिएको सामग्रीमा नयाँ स्टिकर टाँस गर्ने समुहलाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाले  कलंकीस्थित लिंक मार्ग सुनारगाउबाट ठूलो परिमाणमा म्याद सकिएको सामग्री र उक्त सामग्रीमा नयाँ स्टिकर टाँस गर्दै बजार पठाउने समहुलाई प्रक्राउ गरेको माहाशाखाका एसएसपी दीपक थापाले जानकारी दिए ।

सो अभियोगमा प्रहरीले आइएन डिस्ट्रिब्यूटर्सका सञ्चालक रौनक गोथ्रालाईलाई बाफल र पुस्पा देवी अग्रवाललाई पुतलीसडकबाट नियन्त्रणमा लिइएको छ । त्यस्तै आइएन स्ट्रिब्यूटर्सका स्टोर किपर रौतहटका पप्पु शर्मा, महोत्तरीका श्याम प्रसाद सिंह र रौतहटका मुन्ना ठाकुरलाई पनि नियन्त्रणमा लिइएको छ । प्रहरीले सामग्रीसँगै स्टिकर बनाउने मेसिन समेत बरामद गरेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *