संसदीय समितिले सुरु गर्यो कोरोनाका प्रभावका विषयमा प्रदेशगत अनुगमान र छलफल

संघीय संसद, शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिले कोरोनाको प्रभावका विषयमा प्रदेश १ बाट छलफल तथा अनुगमन सुरु गरेको छ ।
उपसमितिले बिहिबार प्रदेश एकमा मुख्यमन्त्री शेरधन राई , सामाजिक विकास मन्त्री जीवन घिमिरे र राज्यमन्त्री जसमाया गजमेरसँग प्रदेश सरकारले कोरोना विरुध लड्न गरेका कामको विषयमा छलफल गरेको उपसमिति संयोजक जीवनराम श्रेष्ठले जानकारी दिए ।
उपसमितिले बिहिबार नै बिराटनगर महानगरपालिकसँग पनि छलफल गरेको जनाएको छ । सो क्रममा कोशी अस्पताल, कोशी कोभिड अस्पताल, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला र डि.ए.भि. कोभिड होल्डिङ्ग सेन्टरको अनुगमन गरेको थियो ।