ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सरकारी स्वामित्वका दुई संस्थाले सुरु गरे सुपथ मुल्य पसल, लिस्ट सहित

डि डि सीको घ्यू ८ सय ७० रुपैयाँ लिटर, नून २० रुपैयाँ मुल्य निर्धारण गरेको छ । त्यसैगरि चालम सोनमनसुली २५ केजी १४ सय २५ रुपैयाँ, स्टिम रंजित मनसुलि २५ केजी १६०० रुपैयाँ र जापनिज चामल ३० केजी १८ सय ९० रुपैयाँ निर्धारण गरेको छ ।

विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि सरकारले दशै तिहार लक्षित सहुलियत पसलहरु सञ्चालन गरेको छ । सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ्गले राधानीका विभिन्न १० वटा स्थानमा र राजधानी बाहिरका मुख्य मुख्य शहरहरुमा विहिबार देखि सुपथ मुल्य पसल सुरु गरेको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले प्रदेश कार्यलय थापाथली र रामशाह पथमा, नख्खु, सर्यविनाय गरि ५ स्थानमा रहेको छ भने साल्ट ट्रेडिङ्गले सुर्यविनायक, जडिबुट्टी, सातदोवाटो, कालिमाटीमा गरि उपत्यकामा ५ स्थामा र उपत्यका बाहिरका ३० मा गरि ३५ स्थानमा सहुलियत मुल्य पसल सुरु गरेका छन् । बजारलाई अनियन्त्रित हुन नदिन भन्दै सञ्चालित पसलमा बजारको भन्दा सुलभ मुल्यमा सामान दिएको कम्पनीले जनाएको छ । कम्पनीले रहरको दाल एक सय ६० रुपैयाँ केजी, कर्णालीको सिमि एक सय २० रुपैयाँ प्रति केजी, डि डि सीको घ्यू ८ सय ७० रुपैयाँ लिटर, नून २० रुपैयाँ मुल्य निर्धारण गरेको छ । त्यसैगरि चालम सोनमनसुली २५ केजी १४ सय २५ रुपैयाँ, स्टिम रंजित मनसुलि २५ केजी १६०० रुपैयाँ र जापनिज चामल ३० केजी १८ सय ९० रुपैयाँ निर्धारण गरेको छ ।


त्यस्तै साल्ट ट्रेडिङ्ले मोवाईल भ्यान मार्फट टोल टोलमा खाद्यन्न उपलब्ध गराई रहेको छ भने खाद्यले यस बर्ष देखि अनलाई प्रणालिबाट विक्रि गरिरहेको छ । अहिले काठमाडौं उपत्यका र सुर्खेतमा सुरु गरिएको अनलाई प्रणाली विस्तारै देशका सबै मुख्य शहरहरुमा विस्तार गरिने खाद्य तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ । अनलाई प्रणालिबाट न्यूनतम दुई हजार देखि अधिकतम ५ हजार सम्मको समान अर्डर गर्ने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *