ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

एकैदिन ३ लाख ७ हजार बढी संक्रित थपिँदा ६ हजार ६७ को ज्यान गयो

विश्वव्यापी महामारी बनेको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ करोड ४१ लाख ४१ हजार ७ सय ७१  पुगेको छ । पछिल्लो २४  घण्टामा ३ लाख ७ हजार ६  सय ४६ नयाँ संक्रमित थपिएपछि संक्रमितको संख्या ३ करोड ४१  लाख नाघेको हो  ।

त्यस्तै कोरोनाका कारण १०  लाख १८ हजार ७६ जनाले ज्यान गुमाएका छन् । वर्डोमिटरको तथ्यांक अनुसरा पछिल्लो २४ घण्टामा मात्र कोरोनाका कारण ६ हजार ६७  जनाले ज्यान गुमाएका  छन

३ करोड ४१  लाख मध्ये २ करोड ५४  लाख २  हजार ५ सय २४  निको भए भने हाल विश्वमा ७७ लाख २१ हजार सक्रिय संक्रमितको सङ्ख्या रहेको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै भारतमा कोरोना संक्रमित थपिएका छन् भने मृत्यु पनि भारतमा बढी भएको छ ।

भारतमा ८६ हजार ७ सय ४८  कोरोना संक्रमित छापिँदा१ हजार १ सय ७९  जनाको कोरोनाका कारण मृत्यु भएको छ  । संक्रमित संख्या धेरै भएको सूचीमा दोस्रोमा रहेको भारतमा ६३  लाख १०  हजार २ सय ६७  संक्रमित रहेका छन भने ९८ हजार ७ सय ८८ जनाले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *