ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोलकत्तासंग ३७ रनले राजस्थान पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल)  राजस्थान रोयल्सलाई ३७ रनले पराजित गर्दै  कोलकत्ता नाइट राइडर्सले दोस्रो जित निकालेको छ ।

युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टीमा बुधबार राती भएको खेलमा कोलकत्ताले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन जोड्दै दुई अंक गुमाएको हो  ।

राजस्थानका टम करनले ५४ ,जोस बट्लरले २१ रन,राहुल टेवाटियाले १४ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न खेल कोलकत्तालाई सुम्पन बाध्य भयो । राजस्थानलाई सस्तैमा रोक्न कोलकत्ताका भरुण चक्रवर्ती, शिवम माभी र कमलेस नगरकोटीले २/२ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो । कोलकत्ताका लागि शुबमन गिलले ४७ रन जोड्दा आन्द्रे रसेलले २४ रन जोडे । नितेश रानाले २२ तथा सुनिल नारिनले १५ रन बनाए । इयान मोर्गनले अविजित रहदै ३४ रन जोड्दा पाट कुमिन्सले १२ रन बनाएर आउट भए ।

राजस्थानका जोफ्रा आर्चरले २ विकेट लिए । यस्तै अंकित राजपुत, टम करन, जयदेव उनाकड र राहुल टेवाटियाले एक एक विकेट लिए । जितसँगै कोलकत्ताले ३ खेलमा ४ अंक सहित तालिकाको  दोस्रो स्थानमा उक्लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *