ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

विदेशी पर्यटकलाई ७ दिन क्वारेन्टीन अव्यवहारीक

सरकारको कदम स्वगत योग्य तर प्रकृया झनजटिलो- टान

लामो सय देखि बन्द नेपालको पर्यटन क्षेत्रलाई चलाएमान बनाउन भन्दै सरकारले सुरक्षा सवधानी सहित कार्तिक १ गते देखि ट्रेकिङ्ग र पर्वतारोहण क्षेत्र खुला गरेको छ । तर व्यवसायीहरुले भने भिजा प्रक्रिया, ७ दिन क्वारिन्टीन बस्नुपर्ने जस्ता झनजटिलो प्रक्रिया तत्काल सच्याउनु पर्ने माग गरेका छन् ।

लामो समयको बन्दले नेपालको पर्यटन क्षेत्र धरासाही भएको भन्दै व्यवसयीको माग बमोजिम सरकारले कार्तिक १ बाट कम जोखिम क्षेत्र ट्रेकिङ्ग र पर्वतारोहण खुला गर्ने निर्णय गरेको हो । तर नेपाल आउने पर्यटकले भने नेपाल सरकार र पर्यटन बोर्डले बनाएको सुरक्षा प्रोटोकोलको पालना गर्नु पर्ने छ । प्रोटोकोलामा ७२ घण्टाको पिसिआर रिपोर्ट, ७ दिन होटेलमा क्वारेन्टीन, सहयोगिको एक लाखको कोरोना विमा र आफ्नो ५ लाख रुपैयाँ बराबरको विमा गरेको हुनु पर्ने छ । विश्वलाई सकारात्मक सन्देश दिन भन्दै विदेशि पर्यटकको लागि पर्यटकिए क्षेत्र खुला गरेको नेपाल पर्यटन बोर्डको भनाई छ । तर व्यवसायीहरुले भने प्रकृया झनजटिलो भएकोले सच्यउनु पर्ने भन्दै पर्यटन मन्त्रालयलाई पत्राचार गरेका छन् । व्यवसायीको माग र पर्यटन बोर्डको सिफरिस अनुसार सरकारले कम जोखिम युक्त क्षेत्र भन्दै ट्रेकिङ्ग र पर्वतारोहणलाई पहिलो चरण अन्तर्रगत खुला गरिएको हो ।


पहिलो चरणमा कम जोखिम भएको क्षेत्रलाई खोलिएको र यो कार्यमा सफल भए विस्तारै अन्य क्षेत्रपनि खोल्दै जाने बोर्डले जनाएको छ । तर व्यावसायीहरुले भने प्रक्रिया झनजटिलो भएको भन्दै सुधार गर्न मन्त्रालयलाई पत्राचार गरेको छ । ट्रेकिङ्ग एजेन्सी यसोशिएसनकी महासचिव सरिता लामाले सरकारको कदम स्वगत योग्य भएपनि ७ दिनको क्वारेन्टीन र भिजा प्रक्रिया जस्ता कुरामा समस्या देखिएकोले त्यसमा सुधार गर्नु पर्ने बताएकी छन् ।


गएको सिजनमा रद्द भएका ७५ प्रतिश भन्दा बढी पर्यटक नेपाल आउन चहेकोले पर्यटक अगमन सन्तोषजनक रहने देखिएकोले प्रक्रियामा तत्काला सुधार गर्नुपर्ने उनको भनाई छ ।
नेपाल भ्रमण बर्ष मनाउन भन्दै नेपाल आउन चाहने धेरै पर्यटको गत चैतमै अग्रिम बुकिङग गरेका थिए तर कोरोनाका कारण लकडाउन भएपछि धेरैले माफ्नो बुकिङ्ग स्थगन गरेको थिए । कोभिडका कारण पर्यटन क्षेत्रका लाखौं व्यवसायी र कर्मचारी प्रभावित भएको र बुकिङक गरेका पर्यटक पनि आउन चाहेकोले यो क्षेत्रलाई खुलाउनु पर्ने व्यवसयीहरुले पटक पटक सरकारलाई आग्रह गर्दै आएका थिए । व्यवसायीको मागलाई सम्बोधन गरेपनि प्रकृया संशोधन गर्नु पर्ने बताएका छन् ।
नेपाल पर्यटन क्षेत्रको लागि उच्च सम्भावना बोकेको क्षेत्र भएपनि विविध कारणले अहिले सम्म विकास हुन सकेको छैन् ।

लामो समय देखि नेपालमा विदेशि पर्यटक आउन थालेपनि अहिले सम्म कुल ग्राहस्र्थ उत्पादनमा तीन प्रतिशत मात्रै योगदान रहेको छ । सरकारले १० बर्ष भित्र १० प्रतिशतमा पुर्याउनुका साथै सान् दुई हजार ३० सम्म बार्षिक एक करोड पर्यटक ल्याउन पर्यटन मन्त्रीको उद्घोष थियो तर कोरोनाका कारण विश्वको पर्यटन क्षेत्र सबै भन्दा बढी प्रभावित भएपछि पर्यटन मन्त्रीको सपना अधुरै रहने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *