ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

स्वास्थ्य मन्त्री ज्यू- अर्को चुनावमा पनि भोट तिम्रै पोल्टामा !

स्वास्थ्यसामग्री खरीद टेण्डर आह्वान भएकै बेला मन्त्री ढकालले चिकित्सासेवा १२औं तहको व्यक्ति हुनुपर्ने स्वास्थ्य सेवा विभागका महानिर्देशकमा प्रक्रिया मिचेर ११औं तहका महेन्द्र श्रेष्ठलाई नियुक्त गरेका थिए । सेनाले ल्याएको सामानमा समेत प्रश्न उठेपछि सेना समेत विवादमा तानियो ।
सेयर गर्नुहोस
  • 6
  •  
  •  
  •  
    6
    Shares

कोरोना कहरका विच सरकार जनता बचाउ भन्दा कुर्सि बचाउमा लागि परेपछि जनता भोकभोकै सडमा उत्रेका छन् । काठमाडौका मुख्य मुख्य स्थानहरुमा विहान र साझँको समयमा खाना कुरी रहेका दैनिक ज्याला मज्दुरी गरेर पेट पाल्ने श्रमिकको कथाले सामम्यवादी सरकारको मन भने कहिलै पग्लेन । त्यसो त काठमाडौंबाट भोक भोकै खाली खुट्टा फैदल हजारौ माइलको यात्रा गर्दा पनि बालुबाटर र पुलचोकको मन्त्री क्वाटरलाई असर त कहाँ परेको थियो र ?

तस्विर: तुलसी श्रेष्ठको फेसबुक

महामारीसँग प्रत्यक्ष जुध्दै जनतालाई आस्वास्त पार्नु पर्ने स्वास्थ्य मन्त्रीकालाई महामारीसँग लड्न कहिले पाहुना बाधक बने भने आलोचकका आखाँ । क्वारेन्टाइन भित्रै बलात्कार र आत्मा हत्या हुदाँ पनि मन्त्रीको प्रसंशा खोज्ने प्रविर्तिबाट जनताले अपेक्षा गर्ने विषय त के रहर्यो र ? जनता अस्पतालको शैयामा छटपटि रहदाँ पनि कमिसनको चक्ककर नछोडे पछि मन्त्री छोडी जनताले अपेक्षा गर्ने आखिर कोसँग ?

किन यति वदानमी हुदाँ पनि आफ्नो प्रशंसाको पुलिन्दा बाध्न छोड्दैनन् स्वास्थ्य मन्त्री भानुभक्त ढकाल ?

छिमेकी देश चिनबाट सुरु भएको कोरोना विश्वका अधिकाम्स देशलाई तहस नहस गर्दै करिव ४ महिना पछिमात्र नेपाल प्रवेश गरेको थियो । तर नेपालमा कोरोनासँग लड्न तयारी भने शुन्य थियो । नेपालमा कोरोना संक्रमण दुई जनामा देखिदा सरकारले विश्व स्वास्थ्य संगठन मापदण्डको आधारमा चैत्र ११ गते देखि लकडाउन सुरु गर्यो । पटक पटकको लकडाउन गरी सरकारले देश भर एक सय २० दिन सम्म ठप्प बनायो । जनता लकडाउनमा राखेर सरकारको त्यो फोहोरी खेलले जनता भने जनता चरम पिडाको सामना गर्न वाध्य भए ।

तस्विर: तुलसी श्रेष्ठको फेसबुक

नियम मिचेर मन्त्रि ढकालले स्वास्थ्य विभागमा कर्मचारी हेरफेर गर्दै आफुअनुकुल कर्मचारीलाई विभागको जिम्मा लगाए भने तिनै कर्माचारीको मिलेमतोमा विवादीत ओम्नी समुहलाई चिनबाट स्वास्थ्य सामग्री खरिदको जिम्मा लगायो । परीक्षण तथा उपचारका स्वास्थ्यसामग्री गुणस्तरहीन रहेको र खरीद प्रक्रिया अपरादर्शी भएको भन्दै खरीद सम्झौता नै रद्दको नौटंकि रचेको सरकारले स्वास्य सामग्री खरिदको जिम्मा नेपालि सेनालाई लगायो । स्वास्थ्यसामग्री खरीद टेण्डर आह्वान भएकै बेला मन्त्री ढकालले चिकित्सासेवा १२औं तहको व्यक्ति हुनुपर्ने स्वास्थ्य सेवा विभागका महानिर्देशकमा प्रक्रिया मिचेर ११औं तहका महेन्द्र श्रेष्ठलाई नियुक्त गरेका थिए ।  सेनाले ल्याएको सामानमा समेत प्रश्न उठेपछि सेना समेत विवादमा तानियो । जसको नेतृत्व स्वयम उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत रहेका रक्षामन्त्री ईस्वर पोखरेल गरे । अख्तियारको क्षेत्राधिकार भित्र नपर्ने भएकाले सेनालाई खरीदको जिम्मा लगाएको भन्दै पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई, पुर्व उपप्रधामन्त्री कमल थापा, नेकपाका केन्द्रीय सदस्यद्वय विष्णु रिजाल र रामकुमारी झाँक्रीलगायतले विरोध गरे । चौतर्फि आलोचना भएपछि सरकारले जी टु जी मार्फत औषधि खरिदलाई पहिलो प्राथमिकता दिने भन्दै ध्यान अन्यत्र मोडे पनि त्यसको भोली पल्टै सरकारले नेपाली सेनालाई स्वास्थ्य सामग्री खरिदको जिम्मा लगाएको थियो ।  यसरी सेनालाई समेत विवादमा तानिएको उक्त प्रकरणको रक्षा मन्त्रीले अनुसन्धान गरे न त विवादिक कम्पनीलाई ठेक्का दिने स्वास्थ्यका कर्मचारीलाई स्वास्थ्य मन्त्री ढकालले कारवाही गरे ।

तस्विर: तुलसी श्रेष्ठको फेसबुक

कोरोना महामारी तथा नियन्त्रणका लागि भनेर स्थापना गरिएका आइसोलेशन तथा क्वारेन्टिनमा नै आत्महत्या र बलात्कारका घटनाहरु घटि रहे । जेष्ठ ३१ धनगढीमा क्वारेन्टिनमा नै महिला सामुहिक बलात्कारको सिकार हुदाँ असार ४ गते बाजुराका ४५ बर्षिय पूरुसले क्वारेन्टिनमा नै आत्महत्या गरे । त्यस्तै बैशाखमानै उदयपुर रतुवामाइका १८ बर्षिय युवकले क्वारेन्टिनमा नै आत्महत्या गर्दा साउन ३ मा अर्गाखाँची शितगंगाका ४५ बर्षिय पूरुषले समेत आत्महत्या गरेका थिए ।  तेस्तै साउन २३ गते काभ्रेको बेथान्चोकमा २१ बर्षिय युवतिले क्वारेन्टिनमा नै आत्महत्या गरेकी थिइन । क्वारेन्टिन भित्रको यो हदसम्मको लापरवाही हुदाँ समेत सरकारको भूमिका प्रभावहिन मात्र बनेन बरुले १० अर्वको हिसाव देखाउन थालेपछि आलोचनाको सिकार बन्न पर्यो । यसलाई समेत हरेक ठाँउमा खोट देख्नहरुको विरोधका रुपमा ब्याख्या गर्न स्वास्थ्यमन्त्री लागि परे ।

तस्विर: तुलसी श्रेष्ठको फेसबुक

जनतालाई त ढाटे ढाटे जनताको प्रतिनिधि मुलक तथा गरिमा बोकेको सस्था संसदलाई समेत ढाटेका मन्त्री ढकालले कोरोना रोकथाम पिसिआर परिक्षण केन्द्र स्थापना देखि बाहेक अन्य केही काम गरेको देखिएन । पिसिआर परिक्षणको मुल्य मनपरी तोक्नेमात्र हैन आफु निकटका नीजि अस्पताललाई स्वाव संकलनको जिम्मा दिएर कहिले अनुगमन गरे भने त्यो स्यम मन्त्री ढकाललाई नै थाहा होला । अहिले सम्म जम्मा पसिआर यति सङ्ख्यामा गर्यो भन्ने वाहेक स्वास्थ्य मन्त्रालयसँग अरु कुनै तथ्याङक छैन । ३ करोड जनसङ्या मध्ये कति जनसङ्ख्यामा पहुच पुग्यो त्यो जानकारी मन्त्रीले लिने कि नलिने । त्यसमाथी असार १५ देखि दैनिक पिसिआर परिक्षण गर्छौश्र भनेर स।सदमा वोलेको बाँचा त पुरा गर्नु पर्ने हैन र ?  यसरी सधै भरी जनता र जनताको प्रतिनिधिमुलक संस्था संसदमा गरेको बाचाँ पनि पुरा गर्न नसक्ने मन्त्री कति दिन सम्म कुर्सीमा बसिरहने ।

भएका अस्पतालहरु कोरोना संक्रमितले भरिएका छन् । कोरोन विशेष अस्पतालको अभावमा अन्य अस्पतालमा आउने अन्य रवगिको सासर्ति जन कहालिलाग्दो छ । त्यसमाथी स्वास्थ्य कर्मिको अभाव हुन थालेको छ भने भएका स्वास्थ्य कर्मिलाई स्वास्थ्य उपचारमा खटिदा प्रयोग गर्ने स्वास्थ्य उपकरणको अभाव बढ्न थालेको छ । यस तर्फ मन्त्रीको ध्यान कहिले जाने । जनताले दुई तिहाइ बहुमत सहित सरकारमा पठाएको जनतालाई ढाड्न हैन जनतालाई दुख पिर पर्दा जनताको घाउमा मलम पट्टि लगाउन हो ।  त्यसैले जनताको दुखको रमिते हैन घाउको मलम पट्टि बन । अर्को चुनावमा पनि भोट तिम्रै पोल्टामा !

Leave a Reply

Your email address will not be published. Required fields are marked *