ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

२४ घण्टामा १५ सय ५९ कोरोना संक्रमित थपिए

नेपालमा २४ घण्टामा १ हजार ५ सय ५९जनामा कोरोना  संक्रमित पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफ मार्फत दिएको जानकारी अनसुरा १२ हजार २ सय ५ नमूना परीक्षणमा १ हजार ५ सय ५९ संक्रमित पुष्टि भएको हो ।

त्यसैगरी, कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ सय ९८ पुगेको छ । पछिल्लो २४ घण्टामा ७ जनो कोरोना स्क्रमणका कारण मृत्यु भएको हो ।  त्यस्तै, देशभर विभिन्न अस्पतालमा उपचारत १ हजार ५७ जना निको भइ घर फर्किएसँगै निको हुनेको संख्या ५६ हजार ४ सय २८ पुगेको छ ।

देशभर क्वारेनटिनमा ५ हजार ७ सय २८जना रहेका छन्। देशभर संक्रिय संक्रमित संख्या २० हजार ८ सय ९१जना रहेको छ। विभिन्न अस्पतालमा उपचारत आसियुमा २ सय१ जना हेका छन् भने भेन्टिलेटरमा ३० जना रहेको मन्त्रालयले जनाएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *