धेरै शुल्क असुल्ने ८ निजी अस्पताललाई परीक्षण अनुमति खारेजको चेतावनी
सेयर गर्नुहोस
9 - 9Shares

सरकारले निर्धारितभन्दा बढी शुल्क असुल्ने ८ निजी अस्पताललाई दिइएको पिसिआर परीक्षण अनुमति खारेज गर्नेभएको छ ।
बढी शुल्क असुलीरहेका ८ वटा अस्पताललाई २४ घण्टे अल्टिमेटम दिने र अटेर गरेमा पिसिआर परीक्षणको अनुमति खारेज गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारले तोकेको भन्दा बढि शुल्क असुलेको भन्दै सरकारले ८ नीजि अस्पतालाई पत्र काटेको छ । सरकारले तोकेभन्दा बढि शुल्क उठाउनेलाई कारवाहिको दायरामा ल्याउने मन्त्रालयको भनाई छ ।
सरकारले पटक पटक शुल्क घटाउदै अन्तिम समयमा पिसिआर परिक्षणको शूल्क २ हजार बढि लिन नपाउने निर्णय गरेको थियो । तर सरकारले तोकेको शुल्कमा परिक्षण गर्न नसकिने भन्दै मन्त्रालयसँग नीजि अस्पतालले पटक पटक छलफल गर्दै आएका छन् ।