अयोध्या निर्माणका लागि जग्गा छुट्टियो, स्थानीयले पनि जग्गा दान गर्ने

चितवनको माडी नगरपालिकाले अयोध्याधाम निर्माणका लागि १०० बिघा जग्गा छुट्याएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भानु जयन्तीको अवसरमा आयोजित कार्यक्रममा भगवान् राम नेपालकै माडीको अयोध्यामा जन्मिएको तथ्य प्रमाण रहेको बताएका थिए । कार्यक्रम पश्चात माडीका जनप्रतिनिलाई भेटेर अयोध्या निर्माण थाल्न निर्देशन दिएपछि नगरपालिकाले मंगलबार कार्यपालिकाको बैठक बसेर जग्गा छुट्याएको हो ।
नगरपालिकाले वडा नं ८ र ९ सिमानामा अयोध्यापुरीधाम निर्माणका लागि हालको अयोध्यापुरी उद्यानको १०० बिघा जग्गा छुट्याइएको जनाएको छ ।
अयोध्याधाम निर्माणका लागि गुरुयोजना निर्माण भकइसकेका कारण डिपिआर निर्माण छिट्टै अघि बढाउने तयारिमा नगरपालिका छ । अयोध्या निर्माण हुनेभएपछि स्थानिय उत्साहित भएका छन् र स्थानियले मन्दिर निर्माणका लागि जग्गा दानको समेत घोषणा गरेका छन् ।