ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

४ महिनामा ४ सय बढि पहिरो तर भएन विपद व्यवस्थापनमा पनि ३ तहको सहकार्य

जोखिमयुक्त बस्तीहरु स्थानान्तरण र लागि उपयुक्त स्थान पहिचान, भूगर्भबिद् तथा बिज्ञ टोलीद्धारा अध्ययन, कानून निर्माण गर्दा भूगोलको मात्र बिषयमा केन्द्रित नरही स्थानान्तरण हुने बस्तीमा बस्ने परिवारको पारिवारिक, आर्थिक, सामाजिक बिकास तथा सुरक्षा लगायतका बिषयमा उचित प्रबन्ध हुने गरि कानून निर्माण गर्न आवश्यक, सरोकारवाला स्थानिय जनताहरुसंग थप परामर्श, गरि तुरुन्त काम गरिहाल्नुपर्ने विपद ब्यवस्थापन विज्ञ तथा पूर्व मन्त्री डा गंगालाल तुलाधर बताउछन् ।

नेपालमा वर्षेनी बाढी पहिरोबाट सयौको ज्यान र हजारौ घरपरिवार विस्थापित हुने गरेका छन् । यसै मध्ये वागमती प्रदेशमा रहेका १३ जिल्लाहरु मध्ये सिन्धुपाल्चोकमा ठूलो क्षति भएको छ । देशभर  यो वर्ष मात्रै असार २९ देखी असोज १० गतेसम्म ४ सय ३१ वटा पहिरो गएको छ । जसमध्ये सबैभन्दा धेरै गण्डकि प्रदेशमा १ सय ८ वटा गएको छ भने जिल्लामा सबैभन्दा धेरै सिन्धुपाल्चोकमा १९ वटा पहिरो जाँदा हजारौ परिवार र सयौ बस्ती जोखिममा रहेका छन् ।

तस्विर : जुरे पहिरो
  • २०७१ श्रावण  १७  जुरे पहिरो- १ सय ५६ को मृत्यु ,२७ घाइते , सयौ परिवार विस्थापित करौडौ भौतिक क्षति,
  • २०७२ सालको भूकम्प- ३ हजार ५ सय ७३ मृत्यु, १ हजार ५सय ९५ घाइते
  •  २०७७ असाढ २५ लिदी पहिरो- १९ जनाको मृत्यु
  • २०७७ श्रावण १८ मेलम्ची पहिरो-  ९ जनाको मृत्यु
  • २०७७ असाढ २५ जम्बु पहिरो वाह्वविसे- १९ जनाको मृत्यु
  • २०७७ श्रावण ३० लिदी पहिरो जुगल- ३९ जनाको मृत्यु

सिन्धुपाल्चोक जिल्लामा २०७२ सालपछि प्राकृतिक विपत्तिको सूचि हो यो ।  बाह्वीसे नगरपालिका नागपुजे पहिरोमा ,बुल्कोटे पहिरो भोटेकोशी  गाउँपालिकाको पहिरोले धेरैको ज्यान गयो । सिन्धुपाल्चोकमामात्र २२ गते यता ११२ मानवीय क्षती १९ जना घाईतेको उद्दार साढे ३ सय बस्ती र ११ हजार १ सय भन्दा धेरै परिवार जोखिममा छन् । सिन्दुपाल्चोकमा मात्र ५ बर्षको अवधिमा विपदका कारण ३ हजार ८ सय ८२ जनाको मृत्यु भएको छ भने १ हजार ८ सय ७० जना घाइते भएका छन् ।

भुकम्प र पहिरोको कारण अरबौ बराबरको भौतिक क्षति गत वर्ष ठुला ठुला सवारी दुर्घटनाबाट ५३ जनाको मृत्यु भयो । यसरी एक पछि अर्को विपत्ति बेहर्नु पर्दा जिल्लाबासीलाई कतिवेला मरिने त्रास छ । स्थानिय तहमन नै जनप्रतिनिधिले पाएर आफ्नो दुख बुझीदिने र सुरक्षित बासस्थानको खोजि गरिदिएलान् भन्ने अपेक्षा राखेका जनप्रतिनिधिका आस्वासनमात्रैलै अझ हैरान छन् उनीहरु । बलेफी गाउँपालिका प्रमुख केदार क्षेत्री तीनतहका सरकारविच संम्वनोय नहुदाँ विपतका सायमा पनि जनताको घाउमा मलमपट्टि गर्न नसकिएको बताउछन् । प्रमुख मेलम्चि नगरपालिका  डम्वर अर्याल प्रदेश र केन्द्र सरकारसँग पटकपटक सहयोग मागेपनि असहयोगमात्र भएको गुनासो गर्छन् ।

तर स्थानिय तहले गरेको गुनासो प्रदेश तथा केन्द्र मान्न तयार छेन ।प्रदेश सरकार पनि आफूहरु राष्ट्रिय सोच, लक्ष्य र उद्देश्य प्राप्तिमा सहकार्य गर्न तयार रहेको बताएको बताउदै स्थानिय तहसँग हातेमालो गर्न तयार रहेको बताउछन् बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल ।

केन्द्रबाट  पनि सम्भव भएको काम भैरहेको र थप परामर्स र समन्वयमा पूर्ण रुपमा लागि परेको विपद जोखिम न्यूनिकरण व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोख्रेलको भनाई  छ ।

कमजोर भू–बनोट , भिरालो र उच्च पहाड , प्राकृतिक स्रोतहरुको अव्यवस्थित तथा अत्याधिक दोहन हुनुले वर्षेनि विपद निम्तिएको विज्ञहरु बताउँछन् । विपदमा विज्ञको सहयोग भन्दा पनि राजनीतिक मान्यताले गर्दा समस्या परेको विज्ञको डा अनन्नत मान सिंह प्रधानको आरोप छ । नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन र अनुगमन, विपद व्यवस्थापनमा सहमति, विज्ञहरुको अध्ययन टोली गठन, प्रदेश तथा स्थानीय तहको भूमिका पहिचान गरि विज्ञताको उपयोग गरेमा जोखिम न्यूनिकरण गर्न सकिने डा रन्जन कुमार दाहालको भनाई छ ।

जोखिमयुक्त बस्तीहरु स्थानान्तरण र लागि उपयुक्त स्थान पहिचान, भूगर्भबिद् तथा बिज्ञ टोलीद्धारा अध्ययन, कानून निर्माण गर्दा भूगोलको मात्र बिषयमा केन्द्रित नरही स्थानान्तरण हुने बस्तीमा बस्ने परिवारको पारिवारिक, आर्थिक, सामाजिक बिकास तथा सुरक्षा लगायतका बिषयमा उचित प्रबन्ध हुने गरि कानून निर्माण गर्न आवश्यक, सरोकारवाला स्थानिय जनताहरुसंग थप परामर्श, गरि तुरुन्त काम गरिहाल्नुपर्ने विपद ब्यवस्थापन विज्ञ तथा पूर्व मन्त्री डा गंगालाल तुलाधर बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *