सन्दिप आवद्ध दिल्लिलाई हराउदैँ आइपिएलमा हैदरबादको पहिलो जित

नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्सलाई १५ रनले हराउदैँ १३ औं संस्करणको आइपिएलमा सनराइजर्स हैदरवादले पहिलो जित निकालेको छ ।

१ सय ६३ रनको पछ्याउने क्रममा दिल्लीका शिखर धवनले ३४ तथा ऋषब पन्तले ३२ रन , शिम्रन हिटमायरले २१ रन कप्तान श्रेयस आयरले १७ रन जोडे । उलेख्य प्रदर्शन नगरेको दिल्लिका लागि कागिसो राबडा १५ रनमा अविजित रहे पनि अन्यको प्रदर्शन सन्तोसजनक रहेन । दिल्लीलाई सस्तैमा समेट्न राशिद खानले ३ विकेट र भुवनेश्वर कुमारले २ विकेट झारे ।
हैदराबादले युएईमा इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा मंगलबार राति भएको खेलमा दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गर्दै हैदराबादले पहिलो जित निकालेको हो । हैदराबादले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४७ रन मात्र बनाउदाँ हैदाराबादसँग पराजय हुन पर्यो ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो ।हैदराबादका लागि जोनी बेयर्स्टोले ४८ बलमा ५३ रनको अर्धशतकीय इनिङ्स खेले ।कप्तान डेभिड वार्नरले ४५ रन जोड्दा केन विलियम्सनले ४१ रन बनाए ।अब्दुल समाद १२ रनमा अविजित रहदा मनिस पाण्डे ३ रनमा आउट भए ।
दिल्लीका अमित मिश्रा र कागिसो राबडाले २/२ विकेट लिए ।