ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

दशैँमा पनि सुनसान बसपार्क (फोटो सहित)

काठमाडौं नयाँ बसपार्क यो बेला टिकट काट्नेको थामिनसक्नु भिड, व्यवसायिको तछाडमछाड हुनु पर्ने समय तर कोरोना महामारीका कारण यतिवेला सुनसान छ । भने कर्मचारीहरु पनि फुर्सदिला बनेका छन् ।

फ्याट्ट फूट्ट आउनेजाने यात्रुहरुमात्र हुदाँ व्यवसाय चौपट भएको बताउने यातायात संकरमणको जोखिमले यात्रु नआउँदा बुकिङ्ग कहिले खुलाउने भन्ने अन्योलमा छन । बषपार्कमा तयारी पारिएको डिजिटल डिस्प्ल खालीखाली छ भने यात्रुका लागि तयार पारिएको भौतिक दुरी जम्मा घेरामामात्र सिमित भएको छ । सरकारले भौतिक दुरी कायम गरि जम्मा सिटको आधा यात्रु राख्नुपर्ने,स्वास्थ्य सुरक्षा सावधानीका सामाग्री प्रयोग गरि सन्चलान गर्नु पर्ने नियम लगाएको छ । सरकारको नीति अनुसरा सुरक्षा प्रोटोकललाई दुरुस्ता राखेको बताउने ब्यवसायीको दैनिकि भने यात्रु कुर्नुमै बितेको छ । यसरी यात्रुको चहल पहल नहुदाँ ब्यवसायीहरु दशैको लागि अग्रमि बुकिङ खुल्ला गर्नेमात्र हैन सवारी संचालन नै गर्ने नगर्ने अन्योलमा रहेको बताउछन् ।

एका तिर कोरोनाका कारण रोजगारी गुमेर पिडित बनेका यात्रु सरकारकझ निर्णयबाट हैरान बनेका छन् । सरकारले सवारी साधनमा ५० प्रतिशत भाडा वृदी गरेर सिटसङ्ख्याको आधामात्र राख्न पाउने नियम ल्याएसँगै यात्रु दोहोरो मारमा परेका छन् । अघिल्लो दशैमा धनगडिका रमेश रावल एक हजार आठ सय तिरेर सुपर डिल्कसमा धनगडी गएका थिए । तर यो बर्ष उनी केमा जाने अन्योलमा छन् सामान्य गाडीमा समेत दुई हजार पाँच सयसम्म तिर्न पर्छ भने सुपरडिल्कसमा जादाँ तीनहजार बढि जाने निस्चित छ । त्यसमाथी बसपर्क पुग्दा बुकिङ खुल्ने हो नखुल्ने चिन्ताले थप पिडा थपेको छ ।

उता झापाका सुरज कटुवालको व्यथा पनि उस्तै छ । करिव ६ महिना देखि रोजगार विहिन हुदाँ वेखर्ची बनेका कटुवाल बढेको भाडा कसरी तिर्ने र घर जाने चिन्तामा मंगलबार बसपार्क पुगेका थिए । श्रीमती सहित दुई छोरा छोरी घर लैजान उनलाई कम मुस्किल छैन । भाडमा मात्र ब्रा देखि पन्ध्र हजार लाग्ने उनको अनुमान छ । त्यसमाथी गाडी कस्तो पर्ने हो छ महिना देखि कोरोनाबाट बचेको परिवार घर जादै कोरोना लिएर जानु पर्ने हो कि  भन्ने चिन्तामा छन् ।

तर यातायात ब्यवासायी भने सुरक्षाको चिन्ता नलिइ सवारी चढ्न अनुरोध गर्न । सरकारले तय गरेको सवै सुरक्षा प्रोटवकल अपनाएको दावी व्यवसायीले गर्दै आएका छन् । यता ट्राफिक प्रहरीले पनि हेल्फडेक्स राखेरै यात्रुको सहज यात्र गराउने प्रतिवद्धता व्यक्त गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रामेश्वर प्रसाद यादवले  सुरक्षा प्रोटोकल अपनाए नअपनाएको विषयलाई विशेष महत्व दिएर चेक जाच गर्ने  र कारवाही गर्ने प्रतिवद्धता व्यक्त गरेका छन  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *