ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपालमा कोरोना संक्रमितको सङ्ख्या ७६ हजार नाघ्यो

सेयर गर्नुहोस
  • 9
  •  
  •  
  •  
    9
    Shares

नेपालमा गत चौबीस घण्टामा १५ सय १३ जना कोरोना संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफीङ मार्फत प्रा डा जागेश्वर गौतमका अनुसार विभिन्न प्रयोगशालामा गरीएको १० हजार ८ सय ९१ नमुना परीक्षणमा उपत्यकामा मात्र ९ सय ३४ जना सहित १५ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै देशभर संक्रमित संख्या ७६ हजार २ सय ५८ पुगेको छ ।

चौबीस घण्टामा देशभरमा थप १० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । यो सँगे कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ सय ९१ पुगेको छ । यही अवधिमा देशभरका विभिन्न अस्पतालहरुमा उपचारत ७ सय ३१ जना निको भइ घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या ५५ हजार ३ सय ७१ पुगेको छ। यो संक्रमित मध्येको ७२ दशमलव ६ प्रतिशत रहेको  छ ।

देशभर क्वारेन्टिनमा ५ हजार ७ सय ७८ जना रहेका छन् । देशभर आयसोलेसनमा २० हजार ३ सय ९६ जना छन् भने विभिन्न अस्पतालमा आसियुमा २ सय १३ जना र भेन्टिलेटरमा ३४ जना उपचारत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *