८२ हजार ५ सय ५५ जना नेपाली स्वदेश फिर्ता

लकडाउन यता सरकारले ८२ हजार ५ सय ५५ जनालाई स्वदेश फिर्ता ल्याएको छ । लकडाउन र कोरोना स्क्रमणका कारण रोजगार गुमाएका र नेपाल आउन चाहनेलाई सरकार र सम्बन्धित देशमा रकेको राजदुतावासको पहलमा नेपाल फर्काइदै आएको छ ।
यही क्रममा सरकारले सोमबारमात्र १ हजार २ सय५९ जनालाई स्वदेश फर्काइएको छ । जसमा कतारबाट ४ सय ५ जना मलेसियाबाट १ सय ५९ जना रहेका छन् । तेस्तै दुबई र सारजाबाट २ सय ७४ जना सिंगापुरबाट १ सय ५१ जना, साउदी अरेबियाबाट २ सय ६० जना र बंगलादेशबाट १० जनालाई स्वदेश फर्काइएको छ