ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

साविक विजेता मुम्बई इन्डियन्सलाई सुपर ओभरमा हराउदै बैंगलोरको दोस्रो जित

बैंगलोरले दिएको २ सय २ रनको लक्ष्यसहित ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेटको क्षतिमा २ सय १ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।सुपर ओभरमा मुम्बईले १ विकेट गुमाएर ७ रन बनायो । जवाफमा बैंगलोरले बिना विकेटको क्षति ११ रन बनाउदै खेल आफ्नो पक्षमा पार्यो ।
सेयर गर्नुहोस
  • 4
  •  
  •  
  •  
    4
    Shares

सोमबार राती भएको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको १३ औं संस्करणको खेलमा साविक विजेता मुम्बइ इन्डियन्स बैंगलोरसँग पराजित भएको छ ।  रोयल च्यालेन्जर बैंगलोरले मुम्बई इन्डियन्सलाई सुरपर ओभरमा  पराजित गरेको हो र

बैंगलोरले दिएको २ सय २ रनको लक्ष्यसहित ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेटको क्षतिमा २ सय १ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।सुपर ओभरमा मुम्बईले १ विकेट गुमाएर ७ रन बनायो ।  जवाफमा बैंगलोरले बिना विकेटको क्षति ११ रन बनाउदै खेल आफ्नो पक्षमा पार्यो ।

मुम्बईका लागि इशान किशनले ९९ रन र केइरन पोलार्डले ६० रन जोडेपनि जितका पर्याप्त भएन कप्तान रोहित शर्मा ८ हार्दिक पाण्डय १४ र क्विनटन डी कक १४ रनमा आउट भए ।बैंगलोरका इशुरु उडानाले २ विकेट लिदाँ एडम जाम्पा, वासिंगटन सुन्दर र युजभेन्द्र चाहलको नाममा  १/१ विकेट रह्यो ।

टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ३ विकेट गुमाएर २ सय १ रन बनाएको थियो । उसका लागि डी भिलियर्सले ५५ पाडीक्कलले ५४ रन  र फिन्चले ५२को अर्धसतकिय पारी खेले । तेस्तै  शिबम डुबे २७ रनमा अविजित रहदाँ कप्तान विराट कोहली ३ रनमा आउट भए । मुम्बईका ट्रेन्ट बोल्टले २ तथा राहुल चाहरले १ विकेट लिए ।

जितसँगै बैंगलोरले ३ खेलमा ४ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *