ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

समयमै काम सम्पन्न नगर्ने १६ ठेकेदार कम्पनीलाई कारवाही

लकडाउनयताको ६ महिनामा सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमै काम सम्पन्न नगर्ने १६ ठेकेदार कम्पनीलाई कालो सूचीमा राखेको छ । विभिन्न आयोजनाको ठेक्का पाएर समयमै काम नगर्ने ठेकेदार कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राख्दै आएको छ । ६ महिना अवधिमा कालो सूचीमा परेका एउटाबाहेक सबै कम्पनी सिभिल वर्कसका हुन्। कार्यालयले उल्लेखित ठेकेदार कम्पनीलाई १ वर्षदेखि २ वर्षसम्मका लागि कालो सूचीमा राखेको छ ।

कालो सूचिमा रहेका कम्पनिहरु कुम्भेश्वर निर्माण सेवा, एच एम बिल्डर्स, राम निर्माण सेवा, सुनौला खिम्ती/अजम्बर/शिवराम जेभी, डिडी कन्स्ट्रक्सन, पप्पु/बाम्तीजेभी, बिजी कन्स्ट्रक्सन, श्रीहरि/सेतीदेवी जेभी, पप्पु/नेपाल प्रगति जेभी, चमैता निर्माण सेवा, माँ सन्तोषी कन्स्ट्रक्सन सप्लायर्स, फ्रेण्डस् कन्स्ट्रक्सन, सुर्योदय निर्माण तथा हाउजिङ कम्पनी, ओबिसिआई प्रालि, अरुण कन्स्ट्रक्सन, बिटी/टौदह/फस्कु जेभी, यी सबै कम्पनीहरुले कालो सूचीको अवधिभर कुनै पनि सरकारी ठेक्कामा सहभागी हुन पाउने छैनन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *