ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

विधिसम्मत पार्टी सञ्चालन गर्न पौडेल पक्षको सभापति देउवालाई ७ दिने अल्टिमेटम

बिभाग गठन खारेज गर्नुपर्ने, समायोजन छिटो सक्नुपर्ने र आफूखुशी क्रियाशील सदस्यता बाडन नहुनेलागायका माग राख्दै रामचन्द्र पौडेल पक्षले सभापति शेर बहादुर देउवालाई सात दिने अल्टिमेटम दिएको छ ।

बिभाग गठन खारेज गर्नुपर्ने, समायोजन छिटो सक्नुपर्ने र आफूखुशी क्रियाशील सदस्यता बाडन नहुनेलागायका माग राख्दै रामचन्द्र पौडेल पक्षले  सभापति शेर बहादुर देउवालाई  सात दिने अल्टिमेटम दिएको छ ।

पौडेल पक्षको महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव सहित २७ केन्द्रीय सदस्यले हस्ताक्षर गरेको ज्ञापनपत्र नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा दर्ता गराएका छन्  ।  उनीहरुले ज्ञापनपत्र मार्फत चौधौं महाधिवेशन स्वच्छ र निष्पक्ष गर्ने वातावरण तयारगर्न  समेत सभापति  देउवालाई आग्रह गरेका छन्  ।

आगमी केन्द्रीय कार्यसमितिको बैठकसम्म विधिसम्मत समाधान गर्ने तर्फ गम्भीरतापूर्वक लाग्न सभापति देउवनलाई  ध्यानाकर्षण गराएका छन् । विधि र पद्धति मिचेर एकलौटीरुपमा सभापति अगाडि बढ्न खोजको भन्दै पौडेल र सिटौला पक्ष सन्टुष्ट छन् । यसअघि पौडेल र सिटौला पक्ष सभापति देउवा विरुद्ध संयुक्त मोर्चाबन्दी गर्ने भनेपनि अन्तिम समयमा आएर सिटौला पक्षले सहभागिता जनाएन । र पौडेल पक्षलेमात्र ज्ञापनपत्र दर्ता गराएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *